कञ्चनपुर
कंचनपुरको पुनर्वास नगरपालिका-९ स्थित ख-गाउँमा चतुर्दशी मेला पुनः सञ्चालन हुने भएको छ ।
विगतका वर्षहरुमा झै यस वर्षपनि बृहत देउडा तथा विविध सास्कृतिक कार्यक्रम सहित असोज ३० र ३१ गते साझ चतुर्दशी मेला लाग्ने भएको हो ।
केहि दिन अघि आयोजना हुनुपर्ने मेला निरन्तर परेको अविरल बर्षाका कारण स्थगित गरि पुनः दुई दिनको मिति तय गरिएको भगवती मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष मनिराज खातिले बताए ।
मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सहभागिता रहने अध्यक्ष खातिले बताए ।