April 27, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

लालझाडी एमालेका कार्यकर्ताको आक्रोश , स्थानीय चुनावमा जिताएर पछुताएका छौँ

मा प्रकाशित

 

कञ्चनपुर,
प्रतिनिधी तथा प्रदेश सभा सदस्यको निर्वाचन आउन एक महिना बाँकी छ । सबै राजनीतिक दल अहिले चुनावी मैदानमा उत्रिएका छन । कञ्चनपुर क्षेत्र १मा रहेको लालझाडी गाँउपालिका एमाले नेता कार्यकर्ता रुष्ट भएका छन । निर्वाचनका बेला सबै दलका नेता कार्यकर्ता आ–आफ्ना उम्मेदवार जिताउन खटिएका बेला लालझाडीका एमाले नेता कार्यकर्ता एमाले हराउने प्रचारमा उत्रिएका छन ।
एमाले कार्यकर्ताहरुले स्थानीय चुनावमा एमालेलाई जिताएर पछुताएका छौँ, भन्दै अब एमालेलाई नो भोट भनेर खुलेयाम समाजिक सञ्जालमा धारणा सार्वजनिक गरिरहेका छन । एमाले कार्यकर्ता कुम्भ राजले लालझाडीबासी नेकपा एमालेलाई भोट किन ?दिने भन्दै एमाले नेतृत्वको स्थानीय सरकारले डोर हाजिरीमा सिधै कर्मचारी भर्ना, नन्दगाँउ आधारभूत स्वास्थ्य चौकीमा कर्मचारी आफन्त राजनीतिक आधारमा नियुक्त, क्षमता नभएका आफ्ना चम्चालाई स्वास्थ्य जस्तो सम्वेदनशिल ठाँउमा राजनीतिक कार्यकर्ता भर्ना भन्दै त्यसले एमालेलाई नो भोट भन्दै एमाले उम्मेदार तपाईको गाँउ टोलमा आउँदा सुर्यमा नो भोट गर्दै यदी प्रशन सोध्नहोला भन्दै प्रशन गरिरहेका छन । एमाले अर्का कार्यकर्ता सुरेश रानाले एमाले नेता प्रकास रानालाई स्टाटस ट्याक गर्दै एमाले उम्मेदवार जिताउन अहोरात्र खटिएको र अहिले गल्ती गरेको र पछुतो भईरहेको जनाएका छन । बैशाख २८गते भएको घटनामा आफ्नो परिवारका तर्फबाट माफि समेत मागेका छन । निर्वतमान गाँउप्रमुख मदन सेन बडायक, दिनेश राना, माननिय बिना मगर र दिपक तिमिल्सिना, प्रकास मगर लगायतको टिमप्रति माफि माग्दै एमालेलाई नो भोट भन्दै आएका छन । एमाले लालझाडी सरकारले निकट आफन्तलाई निर्वाचन आचारसं्रहिता विपरित कर्मचारी भर्ना गर्नथालेपछि एमालेभित्रै विवाद उत्पन्न भएको छ । यस अघि पनि कर्मचारी भर्नाको विषयमा गाँउप्रमुख र उपप्रमुख विच विवाद भएको थियो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु