प्रकाश चन्द्र भट्ट
दार्चुला।
दार्चुलामा ट्याक्टर दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा चालक कन्चनपुरको कृष्णपुर नगरपालिकाको वाणी बस्ने ३५ वर्षीय कल्चु राना र शैल्यशिखर नगरपालिका–५ आगरका २३ वर्षीय सन्तोष डाँगा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । मालिकार्जुनबाट गोकुलेश्वरतर्फ गइरहेको सुपप्र ०१००१ त १४६७ नम्बरको उक्त ट्याक्टर शनिबार बेलुकी शैल्यशिखर नगरपालिका–६ उल्लानीमा दुर्घटना भएको प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । दुर्घटनामा परी शैल्यशिखर नगरपालिका–५ का २४ वर्षीय सुरेश डाँगा र २८ वर्षीय श्याम डाँगा घाइते भएका छन् । घाइते श्याम डाँगा सामान्य उपचारपछि घर फर्किएका छन भने सुरेश डाँगाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको बताइएको छ ।
मा प्रकाशित