April 27, 24
23.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुर १ को लालझाडीमा लोकतान्त्रिक बाम गठबन्धनमा ११७ प्रवेश

मा प्रकाशित

 

कञ्चनपुर
कञ्चनपुर १ को लालझाडीमा नेकपा एमाले भित्र देखिएको आन्तरिक बिद्रोहले लोकतान्त्रिक बाम गठबन्धन बलियो देखिन थालेको छ ।

चुनावी अभियानलाई ब्यबस्थित पार्दै टोल टोलमा पुगेको लोकतान्त्रिक बाम गठबन्धन एमाले भित्र देखिएको बिद्रोहबाट हौसिएको हो ।

शनिबार लालझाडी गाउँपालिका ४ मा नेकपा एमाले परित्याग गरि ११७ जना लोकतान्त्रिक बाम गठबन्धनमा प्रवेश गरेका छन् । उनिहरुलाई लोकतान्त्रिक बाम गठबन्धन बाट प्रतिनिधि सभा सदस्य पदकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य एवं पुर्व मन्त्री बिना मगरले अबिर र खादा लगाएर स्वागत गरेकी हुन ।

एमाले नेतृत्वले संसद विघटन गरि संबैधानिक संकटको अबस्था सृजना गरेकाले लोकतान्त्रिक बाम गठबन्धनको बिकल्प नदेखिएको भन्दै प्रवेश गरेको उनिहरु बताउछन् ।

कञ्चनपुर १ मा गणितीय रुपमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरु बलिया देखिइ रहेका बेला नेकपा एमाले भित्रबाट प्रतिनिधिसभा र प्रदेश सभामा बागी उम्मेदवार हरु रहे संगै लोकतान्त्रिक बाम गठबन्धन थप बलियो देखिन पुगेको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु