April 27, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुरमा मतदानकाे सम्पुर्ण तयारी पुरा

मा प्रकाशित

जुद्ध चाैधरी ।
कञ्चनपुर , मंसिर ०३ । भाेलि मंसिर ४ गते हुन गईरहेकाे प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि हुने मतदानका लागि कञ्चनपुरमा सम्पुर्ण तयारी पुरा भएकाे छ ।
निर्वाचनका लागि मतदान सामाग्री सहित मतदान अधिकृत र सुरक्षाकर्मी मतदान स्थलमा तैथान गरिएका छन । कञ्चनपुर जिल्लामा ३ ओटा निर्वाचन क्षेत्र रहेका छन भने ३ लाख २५ हजार नाै जना मतदाता रहेका छन ।                                                                                              दुई पूर्व मन्त्री चुनावी प्रतिस्पर्धामा रहेकाले कञ्चनपुरकाे निर्वाचन क्षेत्र नं. १ लाई बिशेष महत्वका साथ हेरिएकाे छ । क्षेत्र नं. १ मा बाम लाेकतान्त्रिक गठबन्धनकी साझा उमेदवार माओवादी केन्द्रका पुर्व खानेपानी मन्त्री बीना मगर र नेकपा एमाले बाट सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला तथा याेजना मन्त्री तारालामा तामाङ्ग प्रतिस्पर्धा गर्दैछन । बिना मगर र तारालामा तामाङ्ग एउटै वडाकाे एउटै मतदान केन्द्र बाट मतदान गर्दैछन । याे निर्वाचन क्षेत्रमा ९९ हजार १ सय दश जना मतदाता रहेका छन । भाेलि हुने मतदानका लागि सबै मतदान केन्द्रमा सम्पुर्ण तयारी पुरा भईसकेकाे क्षेत्र नं. १ का मुख्य निर्वाचन अधिकृत कृष्ण प्रसाद नेपाल बताउनु हुन्छ ।
निर्वाचनलाई शान्त र भय रहित बनाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी मतदान केन्द्रमा खटिने छन । कञ्चनपुरमा मतदान केन्द्र ३४६ ओटा र मतदान स्थल १३२ ओटा रहेका छन । क्षेत्र नं. १ मा पर्ने पुनर्वास नगरपालिका, बेलाैरी नगरपालिका, लालझाडी गाउँपालिका र बेल्डाँडी गाउँपालिकामा गरी जम्मा ९९ हजार १ सय दश जना मतदाता रहेका छन । १ नं. क्षेत्रमा मतदान स्थल ५२ ओटा र मतदान केन्द्र ११९ ओटा रहेका छन । सबै मतदान स्थलमा बृद्ध तथा अपाङ्गका लागि छुट्टै लाईनकाे ब्यवस्था गरिएकाे निर्वाचन कार्यालयले जनाएकाे छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु