April 27, 24
17.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

अटाे सहित पुनर्वासकाे दाेदा पुलबाट २० बोरा अबैध मल बरामद

मा प्रकाशित

पुनर्वास । कंचनपुरको पुनर्वास नगरपालिका-१०, दोदा पुलबाट अटो सहित २० बोरा अबैध मलखाद प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार राती करिब ७ बजेको समयमा आई.बी.आर.डी. बजार बाट धनगढी तर्फ लैजादै गरेको २० बोरा भारतीय युरिया मल
पुनर्वास-१० मा गठित सीमा निगरानी समितिले नियन्त्रणमा लिएको हो ।

युरिया मल पुनर्वासकै स्थानीय व्यापारी विष्णु केसीले बिक्रीका लागि पसलमा ल्याउदै गर्दा सीमा निगरानी समितिले नियन्त्रणमा लिएको थियो ।

खेतीपातीको समयमा किसानका लागि युरिया मलको असहजता भैरहेका बेला तस्करी गरी व्यवसायीले चर्को मुल्यमा बिक्री गर्दै किसानलाई झन समस्यामा पारेको समितिका सदस्यहरुले जानकारी दिए ।

समितिले नियन्त्रणमा लिएको अटो र मल यतिबेला सशस्त्र प्रहरी बल बिओपी दोदाको नियन्त्रणमा छ ।भारतबाट हुने अपराधीक र अवैध गतिविधिलाई रोक्न पुनर्वास-१० का वडाध्यक्ष शुकदेव रानाको अध्यक्षतामा ५ सदस्यीय समिति गठन गरेको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु