September 11, 24
26.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

प्रजनन स्वास्थ्य र नेतृत्व बिकास सम्बन्धि तीन दिन तालिम सप्पन्न

मा प्रकाशित

धनगढी
कैलालीको धनगढीमा प्रजनन स्वास्थ्य र नेतृत्व बिकास सम्बन्धि तीन दिने तालिम आज धनगढीमा सम्पन्न भएको छ ।

नेपालको सन्चार क्षेत्रमा काम गर्दै आयका महिला पत्रकारहरुको कसरी ब्यबसाय रुपमा काम गर्दा स्वास्थ्य सम्बन्धि समस्या रहेको एक कार्यक्रमका सहभागीले बताए ।
सन्चारिका समुहले आयोजना गरेको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सात वटै जिल्लाका महिला पत्रकारहरु सहभागीता रहेको छ ।
तालिममा पत्रकार पेसा मात्र भयर आउने समस्या र पत्रकार महिला भयकै कारण आउने समस्या सङ कसरी समस्या र चुनौतीलाई कसरी समाधान गर्ने भन्दै सहभागी को तर्फ बाट बोल्दै सुनिता बिकले महिला पत्रकारले मिडिया हाउस , समाचार डेक्समा , स्थलगत रिपोर्टिङ, कार्यकक्ष आउने समस्यालाइ समाधान गर्न हामी महिला पत्रकारको महत्वपूर्ण भुमिका रहेको बताए ।
कार्यक्रममा बोल्दै गिता चौधरीले महिला पत्रकारलाई मिडिया मा थुप्रै अवसर रहेको भन्दै महिलाहरुले आफ्नो पहिचान , नेतृत्व बिकास , स्वाभिमानी बन्ने , समाजमा रहेका विभिन्न कुरिती कु सस्कार हटाउन , जनचेतना जगाउन , परम्परागत रुपमा आयका राम्रा पक्षलाई पुस्तामा हस्तान्तरण महिला पत्रकारले गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै बाजुरा जिल्ला बिमला रावलले बाजुरा जस्तो भौगोलिक विकटता भयको जिल्लामा कतिपय महिलाहरू अकालमा ज्यान गुमाउनु परेको छ । स्वास्थ्य क्षेत्रमा पहुँच बिहिन , स्वास्थ्य सेवाका उपचार केन्द्र नभएका क्षेत्र जहाँ सामान्य सुत्केरी हुन आउदा पनि घन्टौ सम्म हिडेर स्वास्थ्य सस्था पुग्नु पर्ने बाध्याता झेल्दै आएका छन् ।

तालीममा महिला पत्रकारहरुले प्रजनन स्वास्थ्यका समस्याका बारेमा खेलेर बहस , पैरबी ,सङै समस्या समाधानका लागि सम्बन्धि निकायको ध्यानाकर्षणको काम पनि गर्न सकिने पत्रकार हेमन्ती चौधरीले बताए । कार्यक्रममा इमेज टेलिभिजनका समाचार प्रमुख निरन्जन अधिकारीले एक सन्चार माध्यमलाई व्यावसायिक रुपमा सफल बनाउनका लागि सफल प्रशासन , उदेश्य , महिला पत्रकारहरुलाइ कसरी नेतृत्व तहमा पुगाउनका लागि महिला पत्रकारलाई अवसर दिनु पर्ने जोड दिए । लिडरसिप एकेडमीका अध्यक्ष सन्तोष साहले नेतृत्व बिकास गर्नका लागि आफुले गरेका काम अभिलेखिकरण गर्न जरुरी रहेको बतए ।
कार्यक्रममा मिडियामा महिला पत्रकार अवस्था अवसर र चुनौती मा प्रेस युनियन कि नेतृ पत्रकार अनिता बिन्दुले प्रशिक्षण गर्नु भयको थियो ।

यौन तथा प्रजनन स्वास्थ्य अधिकार र कानुनि ब्यबस्था बारेमा अधिबक्ता शर्मिला श्रेष्ठ प्रशिक्षण दिनु भयको थियो । सन्चांरिका समुहका महासचिव बसन्ती बास्तोलाले सहजीकरण गरेको कार्यक्रममा आइ पास नेपालले सहयोग गरेको थियो ।सुदूरपश्चिम प्रदेशका २२ जना महिला पत्रकार सहभागीता रहेको थियो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु