कञ्चनपुर । कर्णाली प्रदेशका पुर्व कानुन तथा आन्तरिक मामिला मन्त्री नरेश भण्डारीकाे पहलमा जुम्लामा १५० मेघावाटकाे आयाेजना सञ्चालन हुने भएकाे छ । भाैतिक विकासले दुर्गम मानिने कर्णाली प्रदेशकाे जुम्लामा याे सबभन्दा ठुलाे परियाेजना रहेकाे छ ।
उर्जा, जलश्राेत तथा सिंचाई मन्त्री पम्फा भुसालकाे अध्यक्षतामा बुधबार बसेकाे विद्युत प्राधिकरणकाे बाेर्ड बैठकले जवा तिला जलविद्युत आयाेजना अगाडी बढाउने निर्णय गरेकाे छ । करिब ३५ अर्ब बराबरकाे जलविद्युत आयाेजना रहेकाे प्राधिकरणले जनाएकाे छ । यसले जुम्लाबासीकाे आयआर्जन बढ्नुका साथै देशकै अर्थतन्त्रमा ठुलाे याेगदान पुग्ने देखिन्छ । यसअघि सम्म कुनै मन्त्री र सांसदले ल्याउन नसकेकाे ठुला आयाेजना ल्याउन सकेका थिएनन । ठुलाे आयाेजना कर्णाली प्रदेशमा सञ्चालन हुने भएपछि स्थानिय दङ्ग छन ।
पुर्व कानुनमन्त्री नरेश भण्डारीकाे पहलमा जुम्ला १५० मेघावाटकाे जलविद्युत आयाेजना सञ्चालन हुने
मा प्रकाशित