April 27, 24
19.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बीमा कम्पनीहरु जीवन बीमा भन्दा निर्जीवन बीमा गराउन अग्रसर हुनुपर्दछ – नगरप्रमुख ओझा

मा प्रकाशित

कृष्णपुर
बीमा कम्पनीहरु जीवन बीमा भन्दा निर्जीवन बीमा गराउन अग्रसर हुनुपर्ने नगरप्रमुख हेमराज ओझाले बताएका छ्न ।
बिहीवार कृष्णपुर नगरपालिकाको गुलरियामा सम्पन्न कृष्णपुर नगरपालिकासँग नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया कार्यक्रममा बोल्दै कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराजले बीमा कम्पनीहरुले जीवन बीमा भन्दा निर्जीवन बीमा (कृषि /पशु बीमा) गराउन बढी केन्द्रित गराउनुपर्ने बताउनुभएको छ ।

उनले जीवन बिमा गर्ने कम्पनीहरु अत्याधिक बढी संख्यामा र बीमा गर्न पनि मरिहत्ते गर्ने गरेको भएपनि अहिलेको मुख्य आवश्यकता निर्जीवन बीमा गराउन भएकोले त्यसतर्फ अग्रसर भएर हरेक व्यवसायिक किसानहरुको पहुँचमा सरल र सहज तरीकाले बीमा कम्पनीहरु पुग्नुपर्ने बताउनुभएको छ ।

नगरप्रमुख ओझाले कृष्णपुर नगरपालिकामा बीमा निती बनाएर नेपाल बीमा प्राधिकरणसँग समन्वय गरी नगरका सम्पुर्ण व्यवसायी किसानहरुको सरल र सहज पहुँचमा बीमा सेवा पुर्‍याउन तत्पर रहेको समेत बताउनुभएको छ ।

अन्तरक्रीया कार्यक्रममा नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख ओम बहादुर अधिकारीले नेपालमा बिमाको इतिहास,अवस्था र महत्त्व बारे जानकारी गराएका थिए ।

नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख ओम बहादुर अधिकारीको सभापतित्वमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा रहेका थिए भने विशिष्ट अतिथिमा नगर उपप्रमुख द्रोपती राना र कृष्णपुर नगरपालिका नि.कार्यालय प्रमुख विष्णु दत्त भट्ट रहेका थिए ।

कृष्णपुर नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष र सरोकारवालाहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालयका सहायक प्रमुख दीपक ज्ञवालीले गरेका थिए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु