September 13, 24
24.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासको अमर सामुदायिक वनमा काठ तस्कर मौलाउँदै गरेको आरोप

मा प्रकाशित

कञ्चनपुर ।  कञ्चनपुरको पुनर्वास नगरपालिका ११ मा रहेको अमर सामुदायिक वनमा काठ तस्कर मौलाउँदै गएको आरोप लाग्न थालेको छ ।
विगत तीन वर्षदेखि कटान गरेका गोलियाहरू तस्करहरूले लैजान थाले पनि वन समिति भने मुख दर्शक बन्ने गरेको ओरोप लागेको छ ।  पछिल्लो समय वन हेरालुले काम गर्न छोडेका कारण स्थानीय लगायत तस्करले काठ काट्ने गरेको कटान उप समितिका संयोजक मान बहादुर थापाले बताए ।
उनले वन समितिको लापरबाहीका कारण सामुदायिक वनमा दिउसै तस्करले काठ लैजाने गरेको बताए । कटान गरेका रुखहरू स्थानीयले पनि दिउसै दाउरा बनाएर लैजानेको गरेको उनले बताए ।
यता अमर सामुदायिक वनका अध्यक्ष तुलसी कार्कीले भने त्यस्तो कुनै तस्करी नहुने गरेको दाबी गरेका छन् । उनले वन उपभोक्ताहरूले ढलेका रुखहरूको स-साना हाँगा र स्याउलाहरू लग्ने गरेको तर बाहिरको हल्ला जस्तै गोलियाहरू गायब हुने जस्ता कार्य भने अहिले नभएको बताएका छन् ।
उनले केही पहिला त्यस्तो हुँदै आएको भए पनि अहिले भने त्यस्ता घटनाहरू नभएको दाबी गरे । अहिले सो वनमा वन हेरालु नरहेकोले केही समस्या भएको बताए ।    वन हेरालुलाई तलब दिन सक्ने अवस्था नभएकाले वन हेरालुु राख्न नसकेको बताए ।
उनले वनमा सब डिभिजन वनका वन अधिकृतहरूले पनि राती र दिउसोको समयमा गस्ती गरिराखेको बताए ।
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु