April 27, 24
28.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बेलडाँडी गाउँपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम

मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका कार्यालयले प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ । मङ्गलवार पालिकाको सभा कक्षमा बृहत् रूपमा प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।

गाउँपालिका अध्यक्ष हरिश्चन्द्र रानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष शान्ति नाथ ५ वटै वडाका वडा अध्यक्ष र विभिन्न क्षेत्रका प्रमुख वा प्रतिनिधिको उलेख्य सहभागितामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा पालिकाले गरेका सबै शाखागत कामको प्रगति कार्य विवरण सहित आम गाउँपालिका वासीलाई जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाका प्रवक्ता गज बहादुर विष्टले बताए ।

स्थानीय तह सञ्चालन ऐनले निर्दिष्ट गरे बमोजिम वर्षमा ३ पटक सार्वजनिक सुनुवाइ गर्नु पर्ने प्रावधान भए अनुसार आयोजित कार्यक्रमले सुशासन, पारदर्शिता र जबाफदेहीताका लागि कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेलेको गाउँपालिकाका अध्यक्ष हरिश्चन्द्र रानाले बताए ।

कार्यक्रममा ५ वटै वडाका वडा अध्यक्षले आ९आफ्नो वडाको ४ महिना सम्म भए गरेका कार्य प्रगति विवरण सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रस्तुत गरेका थिए ।

सुनुवाइ कार्यक्रममा छाडा चौपाया व्यवस्थापन, खेलमैदान, एम्बुलेन्स सञ्चालन, अपाङ्गमैत्री प्रशासन, लागु औषध नियन्त्रणका सवालहरूका विषयमा थप सुधार गरिनु पर्ने धारण सहितका प्रश्न सहभागीहरूले उठान गरेका थिए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु