सुखड । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा ९ फारम क मा रहेको सिङ्गेकोट सामुदायिक बन उपभोक्ता समूहको १४ औ साधारण सभा सम्पन्न भयको छ।
साधारण सभाको प्रमुख अतिथिको आसनबाट बोल्दै घोडाघोडी नगरपालिका नगरप्रमुख खडक रावत ले भने सामुदायिक बनले यसरी सधारणसभा समयमा गर्नु राम्रो हो , प्रत्येक वर्ष गरिएका काम अभिलेखीकरण गर्दै , संस्थागत रूपमा नेतृत्व विकास गर्दा सामुदायिक बनको वार्षिक आम्दानी को सामुदायिक बनको विधान अनुसार गरिबी न्यूनीकरण गर्दै , यसरी सामुदायिक बन संरक्षण , संवर्द्धन गर्दै सदुपयोग पनि गर्दा स्थानीय ले सहज रूपमा दाउरा , घाँस , स्याउला पाइने भएको छ ।
सामुदायिक बनको सफलता भन्नाले त्यो समूहका उपभोक्ताहरू जिबिको पार्जन भएमा , चोरिसकारी नियन्त्रण भएमा ,वन्यजन्तु संरक्षण गर्दै खोला नाला नियन्त्रणका लागि पनि हामीले आफै चाहाना राख्नु पर्ने जोड दिए।
सामुदायिक बनले आर्थिक रूपमा विपन्न भएकालाई विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था , छाडा पशुको व्यवस्थापनका लागि सामुदायिक बनका उपभोक्ताहरु पालन गरेमा कृषिका लागि आवश्यक पर्ने रासायनिक मल भन्दा कम्पोस्ट मल हाल्दा कृषि बालीनाली राम्रो हुने बताए । उनले भने यसरी गाई पालन गर्नेलाई केही सुविधा नगरपालिकाले पनि दिने र सामुदायिक बनले पनि दिन आग्रह गरे । जुन काम गर्छौ आफ्ना नानीबाबुहरू को सुन्दर भविष्यका लागि गरिन्छ । स्थानीय तहको मात्र होइन सबैको लगानी शिक्षामा हुनु पर्छ,
एकै कान्दा नदिले ६ वटा वडालाई दुख दिएको छ। यो नियन्त्रणका लागि नगरपालिकाको कनिके बजेट काम गर्न सक्दैन । त्यसका लागि विशेष बजेट छुटाउनका लागि सघिय सरकारलाई आग्रह गरेका छौ ।
कार्यक्रममा शुभकामना दिँदै सब डिभिजन बन कार्यालयका सुखडका प्रतिनिधि जुगराम चौधरीले भने सामुदायिक बनले विधान अनुसार काम गर्नु पर्छ चोरिसकारी नियन्त्रण, वन्यजन्तुको वासस्थान सुबार्सिक आम्दानी ३५५ सामुदायिक बन विकासमा , २५५ गरिबी न्यूनीकरणमा बाकी रहेको विकासका पूर्वाधार निमार्ण शिक्षा , स्वास्थ्य लगायतका काम प्रयोग गर्न सक्छ समूह पार्दशिर्ताका आधार राम्रो गर्नु पर्ने जोड दिए ।
घोडाघोडी नगरपालिका वडा अध्यक्ष हरिचन्द्र साह,करण साउद लगायतले शुभकामना दिएका थिए ।कार्यक्रममा समूहका सह सचिव कृष्ण कुवर कार्यपत्र प्रतिवेदन र आर्थिक वर्ष २०७८/२०७९ को ६५ लाख ५२ हजार १ सय बयानब्बे रुपैयाँ बराबरको वार्षिक आयब्याय प्रस्तुत गरेका थिए ।
सिङ्गेकोट सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष देव बहादुर सार्कीको सभापतिमा भएको थियो । कार्यक्रममा घोडाघोडी नगरपालिका प्रमुख खडक रावत सम्मान गरेको थियो ।
र राष्ट्रिय आधारभूत विद्यालय फारमका शैक्षिक वर्ष २०७८ कक्षा १ देखि ८सम्म प्रथम ,द्वितीय , तृतीय हुने बालबालिकाहरूलाई पुरस्कार दिएको थियो ।
- विज्ञापन -