September 11, 24
26.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

गौरवका निर्णय पारित गर्दै बेलडाँडीको १२ औँ हिउँदे अधिवेशन सम्पन्न

मा प्रकाशित

बेलडाँडी , २१ पुस । कृषि क्षेत्रको उत्पादकत्व वृद्धि , सडक सञ्जाल , कोल्ड स्टोर , स्वच्छ खानेपानी र पर्यटन विकास गर्ने लगायतका गौरवका प्रस्ताव पारित गर्दै बेलडाँडी गाउँपालिकाको १२ औँ हिउँदे अधिवेशन सम्पन्न भएको छ ।
तराईको सुगम जिल्ला कञ्चनपुरको बेलडाँडी विकासका हिसाबले पछाडि परे पनि यस पटक गौरवका योजना पारित गर्दै १२ औँ हिउँदे अधिवेशन समापन गरिए पछि स्थानीयमा उत्साह थपिएको छ ।
बिहीबार सम्पन्न गरिएको १२ औँ अधिवेशन बाट बेलडाँडीमा शीत गृह (कोल्ड स्टोर) निर्माण गर्ने , पालिकाका विभिन्न वडाहरूमा किसानका खेतबारीमा बनेको सिमसार डुबानको समस्या समाधान गर्ने , रिङ रोड , खेलमैदान, कालिकिच ताललाई पर्यटकीय क्षेत्र विकास  र खानेपानीको  बृहत् योजना लगायतका निर्णय १२ औँ अधिवेशनबाट  पारित गरिएको बेलडाँडी गाउँपालिकाका प्रमुख हरिश्चन्द्र रानाले बताए ।
बेलडाँडीको प्रमुख आयस्रोत कृषि भएकाले पालिकाले  कृषि क्षेत्रको विकासलाई प्राथमिकताका साथ अघि बढाएको गाउँ पालिका प्रमुख रानाले बताए । उनले भने,‘बेलडाँडीका दर्जनौँ किसानका उर्भर जमिन डुबानका कारण सिमसार बन्न पुग्दा कृषकको आर्थिक स्तर घट्नुका साथै खाद्यान्न उत्पादनमा ह्रास आएको वर्तमान अवस्थालाई सुधारको दिशामा लैजान डुबान क्षेत्रको पानी निकास गर्न आवश्यक देखिएकाले यो समस्यालाई प्राथमिकतामा राखिएको हो ।’
किसानहरूले उत्पादन गरेको तरकारीलाई स्थानीय स्तरमै सुरक्षित बनाइ कृषकहरूको उत्पादकत्व वृद्धिमा प्रोत्साहन दिन कोल्ड स्टोर स्थापनाका लागि बेलडाँडी गाउँ पालिकामा हामीले महत्त्वका साथ योजना अघि बढाएको प्रमुख रानाले बताए ।
कृषि उत्पादनलाई सहज रूपमा बजार पहुँच र यातायात सेवा गुणस्तरीय बनाउन रिङ रोडको योजना ल्याइएको उनले बताए । जनतालाई स्वच्छ खानेपानी उपलब्ध बनाउन खानेपानीको बृहत् योजना र खेलकुद क्षेत्रको विकासका लागि स्तरीय खेल मैदानको व्यवस्था गर्ने र कालिकिच ताललाई पर्यटकीय क्षेत्र विकास गर्ने योजना बेलडाँडी गाउँपालिकाले पारित गरेको पालिका प्रमुख रानाले बताए ।
- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु