September 26, 23
20.5 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वास सहकारीको ३० औं साधारणसभा सम्पन्न

मा प्रकाशित

पुनर्वास ,
कञ्चनपुरको पुनर्वास स्थित पुनर्वास सहकारी संस्था लि को ३० औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ ।

गत वर्ष ६ करोड ७१ लाख ८० हजार २८६ .४६ को कारोवार गरेको संस्थाले चालू आर्थिक वर्षमा भने ७ करोड ७२ लाख बराबरको कारोबार गर्ने लक्ष्य लिएको सहकारीले चालू आर्थिक वर्षको मंसिर मसान्त सम्म २ करोड ६ लाख ४० हजार ३४३.४९ बराबरको कारोबार गरेको प्रगति बिवरणमा जनाइएको छ ।
सहकारीले गत आर्थिक वर्षमा ४ लाख ८७ हजार ८०५ .२९ बराबरको नाफा कमाएको सहकारीका ब्यबस्थापक एक कुमार श्रेष्ठले बताए ।

सहकारीका अध्यक्ष परशुराम बिश्वकर्माको अध्यक्षतामा आयोजित वार्षिक साधारणसभामा पुनर्वास नगरपालिकाका मेयर तोयप्रसाद शर्मा प्रमुख अतिथि रहेका थिए । सो कार्यक्रममा केन्द्रिय दुग्ध सहकारी संघका केन्द्रिय सञ्चालक भरतबहादुर बिष्ट विशिष्ट अतिथि रहेको साधारणसभाको संचालन सहकारीका ब्यबस्थापक एककुमार श्रेष्ठले गरेका थिए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु