April 26, 24
16.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कैलालीका निजी अस्पताल तथा पोलीकिल्नीक जनस्वास्थ्य ऐन बिरुद्ध बिरोधमा उत्रिए

मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले नीजि स्वास्थ्य संस्थाविरुद्ध विभेदकारी मापदण्ड ल्याएको भन्दै नीजि अस्पताल व्यवासायी संघर्ष समिति गठन गरिएको छ । संजीवनी अस्पताल प्रालिका सञ्चालक दुश्यान्त बस्नेतको अध्यक्षतामा संघर्ष समिति गठन गरिएको हो ।

सो समितिको उपाध्यक्षमा नोभा अस्पतालका लोकराज भट्टसहित २० सदस्यीय समिति गठन गरिएको हो । समितिको सदस्यमा बेदप्रकाश जोशी, रामबहादुर सिंह, भुवनप्रसाद भट्ट, गणेशबहादुर खड्का, इश्वरदत्त पन्त, सुरज बुराकोटी, हरिश न्यूरे, रतन सिके, प्रशान्त सिंह लगायत रहेका छन् ।

प्रदेश सरकारले नीजि अस्पताल, पोलिक्लिनिक, क्लिनिक, ल्याब, फार्मेसी लगायतका स्वास्थ्य सरकारी अस्पताल वरपर तीन सय मिटरभित्र राख्न नपाउने गरि ऐन ल्याएको थियो । मन्त्रालयले तयार पारेको मापदण्डमा कुनैलाई एक वर्ष र कुनैलाई ५ वर्षमा विस्थापित हुनुपर्ने गरि तयार पारेको भन्दै सो समिति गठन गरिएको सारथी अस्पतालका जोशीले बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु