April 27, 24
30.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बेलौरी ७ नम्बर वडा कार्यालयमा राना र थारु समुदायको पोसाक सिलाउने तालिम सम्पन्न

मा प्रकाशित

बेलौरी ,
कञ्चनपुरको बेलौरी नगरपालिकाको ७ नम्बर वडा कार्यालयले रानाथारु समुदायको घङ्गरिया , अंगिया तथा चौधरी समुदायको लेहंगा र चोलीया बनाउने तालिम सम्पन्न गरेको छ ।
रानाथारु र चौधरी समुदायका महिलाहरूलाई स्वरोजगारका लागि सीप प्रदान गरी आत्मनिर्भर बनाउन र बेलौरीलाई उक्त पोसाकबाट चिनाउन ४५ दिनसम्म ३९ जनालाई निःशुल्क तालिम प्रदान गरिएको वडाध्यक्ष प्रकाश श्रेष्ठले बताउनु भयो ।

शनिबार आयोजित समापन समारोहमा सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवानसिंह बिष्टले उक्त पोसाकलाई देश भित्र र देश बाहिर समेत निर्यात गर्न सकिने धारणा राख्नुभयो ।

रानाथारु र चौधरी समुदायको पोसाकलाई लोप हुन नदिन र आर्थिक आम्दानीको श्रोत बनाई ब्राण्डिङ गर्ने उद्देश्यले तालिम प्रदान गरिएको र यस किसिमका सीपमूलक कार्यक्रमहरु नगर क्षेत्रभरि विस्तार गरिने बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले बताउनु भएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका उपप्रमुख रामकुमारी राना, बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरी, कृष्णपुर नगरपालिकाका उपप्रमुख द्रोपति राना, बेलौरी नगरपालिकाका विभिन्न वडाध्यक्षहरू, भलमन्सा लगायतका वक्ताहरूले समेत उक्त तालिमको प्रशंसा गर्दै सिकेको सीपलाई आफ्नो आम्दानीको श्रोत बनाउन अनुरोध गर्दै बजारीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । स्वागत मन्तव्य बेलौरी नगरपालिका वडा नम्बर ७ वडा सदस्य कमान सिंह चौधरीले राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण शिक्षक तेजबहादुर चन्दले गर्नुभएको थियो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु