February 23, 24
6.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पुनर्वासमा सञ्चालित द फोर्स कपको उपाधि कालिका युवा क्लवलाई

मा प्रकाशित

किशोर तामाङ

पुनर्वास– कञ्चनपुरकाे पुनर्वास १ बलभद्रबस्तीमा रहेकाे बिरेन्द्र युवा क्लब द्धारा आयोजना गरिएको दोस्रो द फोर्स कपको उपाधि कालिका युवा क्लवले जितेकाे छ।

बिगत बर्ष झै विरेन्द्र युवा क्लबले यस बर्ष पनि दोस्रो संस्करणको रूपमा आयोजना गरेको “द फोर्स कप”फुटबल प्रतियोगिता बिहिवार फाइनल खेल सम्पन्न भएको छ ।

बिहिबार भएको द फोर्स कपको फाईनल खेलमा पुनर्वास नगरपालिका वडा नं ३ आई बी आर डी को कालिका युवा क्लबले पुनर्वास नगरपालिका वडा नम्बर ११ स्थित पुनर्वास–११ युवा क्लबलाई हराउँदै विजयी बनेको छ।

रोमाञ्चक र प्रतिस्पर्धामाक खेलका बिच कालिका युवा क्लबले ० गोलका बिरूद्ध पुनर्वास ११ क्लबलाई २ गोल  गर्दै आफ्नो टिमलाई बिजयी दिलाउन सफल भएको छ।। गत वर्ष पनि उपाधि उचालेको कालिका युवा क्लवले यस बर्ष पनि लगातार दुई वर्षको उपाधी हात पार्न सफल भएको छ।

द फोर्स कपको उपाधि बिजेता टिम कालिका युवा क्लवले नगद धनराशि पुरस्कार १ लाख १ हजार ११ रुपैयाँ र उपविजेता बनेको पुनर्वास–११ टिमले ५१ हजार १ हजार ११ रूपैया प्राप्त गरेका छन्।

प्रदेश सभा सदस्य  बीरबहादुर थापाको प्रमुख आतिथ्य र विरेन्द्र युवा क्लबका अध्यक्ष शुकबहादुर तामाङको सभापतित्वमा सञ्चालित द फोर्स कपको फाइनल खेलको औपचारिक कार्यक्रमकाे सञ्चालन तिलक तामाङले गर्नुभएको थियो।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु