April 26, 24
16.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

अरनीबस्तीका परदेशीले गरे बालबालिकालाई झाेला सहयाेग

मा प्रकाशित

किशाेर तामाङ्ग
पुनर्वास । बैदेशिक राेजगारीमा रहेका कञ्चनपुर जिल्लाकाे पुनर्वास नगरपालिका २ अरनिबस्तीका परदेशी युवाहरुले अरनिकाे आधारभुत विद्यालयका विद्यार्थीलाई झाेला सहयाेग गरेका छन । विद्यालयमा अध्ययनरत १ सय ६५ जना बालवालिकालाई झाेला सहयाेग गरेका हुन ।
शुक्रबार एक औपचारिक कार्यक्रमका बिच पुनर्वास नगरपालिका वडा नं २ का वडाध्यक्ष डम्मर थापाको प्रमुख आतिथ्यमा झाेला बितरण गरिएको हाे । अरनिको बस्ती निवासी ४ जना स्थानीय युवाहरूको सहयाेगमा झाेला बितरण गरिएको हाे । अरनिको युवा क्लबका सचिव दिपेश तामाङ “नोलामा,” नेपाली सेनामा कार्यरत सन्तोष तामाङ, अष्ट्रेलियामा कार्यरत राम बहादुर तामाङ र क्यानाडामा कार्यरत मान बहादुर तामाङ मानुले ब्यक्तिगत सहयोगमा झाेला बितरण गरेका हुन ।
अरनिको आधारभूत बिद्यालयमा अध्ययनरत सबै बालबालिकालाई स्कुल ब्याग बितरण गरिएको बिद्यालयका ब्यवस्थापक अध्यक्ष दाउत तामाङले जानकारी दिनुभयो। बाल्यकालमा आफु अध्ययन गरेकाे विद्यालयलाई केहि सहयाेग गर्न पाउँदा आनन्द महशुस भएकाे दिपेश तामाङ्गले बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु