April 27, 24
30.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

आठौँ लालझाडी कप फुटबल प्रतियोगिता कात्तिक १५ बाट हुने

मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुर जिल्लाकै सर्वाधिक धनराशि पुरस्कार रहेको आठौँ लालझाडी कप फुटबल प्रतियोगिता २०८० कात्तिक १५ गतेबाट सुरु हुने भएको छ । आइतबार आयोजक लालझाडी युवा क्लब ११ ले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । कात्तिक २५ गतेसम्म सञ्चालन हुने  मोहन स्मृति गुरुङ आठौँ लालझाडी कप फुटबल प्रतियोगिताको आइतबार ट्रफी पनि सार्वजनिक गरिएको छ ।

प्रतियोगिताको विजेताले नगद २ लाख ५० हजार, उपविजेताले १ लाख २५ हजार ,उत्कृष्ट खेलाडीले २० हजार पुरस्कार पाउने क्लबका अध्यक्ष काशीराम बोहराले जानकारी दिए । उनका अनुसार उत्कृष्ट फर्वाड,उत्कृष्ट मिडपिल्डर,उत्कृष्ट डिफेन्स,उत्कृष्ट गोल रक्षक,सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीले नगद १० हजार प्राप्त गर्नेछन् । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार ५ सय प्राप्त गर्नेछन् ।

यस वर्ष प्रतियोगितालाई सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले मुख्य प्रवर्धक रहेर साथ दिनेछ भने सह प्रवर्धकमा पुनर्वास नगरपालिका १० नम्बर वडा रहेको छ । सुरुवाती चरणमा खसी बोका बाट पुरस्कार सुरु गरेको यस प्रतियोगिताले अहिले कञ्चनपुरकै सर्वाधिक धनराशिको बन्न पुगेको क्लबले जनाएको छ  ।

आठौँ लालझाडी कपमा १६ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा कञ्चनपुर जिल्ला भित्रका क्लबहरूले मात्र इन्ट्री पाउनेछन् भने प्रत्येक टिमले चार जना खेलाडीहरू जिल्ला बाहिरबाट पनि खेलाउन पाउने अध्यक्ष बोहराले जानकारी दिए ।  अझै विकसित गरेर आगामी वर्षमा प्रदेश स्तरीय बनाउने सोच रहेको उनको भनाई थियो ।

प्रतियोगितामा सहभागिताको लागी प्रवेश शुल्क १० हजार तोकेको छ । इन्ट्री गर्ने समय कात्तिक १२ गते साँझ ५ बजेसम्मलाई तोकिएको छ । कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् सदस्य सचिव दीपक सिंहले क्लबले गरेको कायले क्लबलाई सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले यस वर्ष मुख्य प्रवर्धकको रुपमा रहेर साथ दिएको बताए । उनले आगामी वर्षहरूमा क्लबको मूल्याङ्कन हेरी सहयोग गर्न सकिने समेत बताए । यस्तै उनले क्लबले खेलाडी उत्पादन गरेकोको धन्यवाद समेत दिए । 

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु