April 27, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

जिल्लाकै सर्वाधिक धनराशिको फुटबल प्रतियोगिता पुनर्वासमा माघ २१ गतेदेखि सुरु हुँदै

मा प्रकाशित

किशोर तामाङ
कंचनपुरको दक्षिणी भेग स्थित पुनर्वास मा कञ्चनपुर जिल्लाकै सर्वाधिक धनराशिको खुल्ला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ।
अरनिको खेलकुद विकास समितिले देश बिकास अनुशासन र गतिशीलता मा युवा सशक्तिकरण का लागि खेल भन्ने मुल नाराका साथ छैठौं संस्करणको अरनिको सैनिक कप खुल्ला फुटबल प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ।

आयोजक अरनिको युवा क्लबले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको हो । यस अघि माघ १६ गतेदेखि सुरु हुने भनिएकोमा खराब मौसमका कारण मौसम प्रतिकुल नहुँदा केही दिन लाई स्थगन गर्न पुगेको आयोजक बताए। पत्रकार सम्मेलनमा स्थगन भएको खेल यहि माघ २१ गतेबाट सुरु गर्ने गरि सारिएको क्लबले जानकारी दिएको छ ।

आज क्लबका अध्यक्ष जित बहादुर तामाङको अध्यक्षता र पुनर्वास नगरपालिका वडा नम्बर ६ का अध्यक्ष मित्र सिंह लामाको प्रमुख आतिथ्यतामा आयोजित पत्रकार सम्मेलनमा छैटौं अरनिको फुटबल प्रतियोगिताको ट्रफी र क्लवको जर्सी सार्वजनिक गरिएको थियो ।

प्रमुख आतिथिको आसान बाट बोल्दै वडाध्यक्ष मित्र सिंह लामा ले पुनर्वास नगरपालिका फुटबल खेलको लागि निकै चर्चामा रहेको क्षेत्र बताए ।विगत लामो समयदेखि पुनर्वास ले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तर सम्मका खेलाडी हरू समेत उत्पादन गर्दै आएको मा आफू लाई गर्व महसुस भएको बताए। छैठौं संस्करणको अरनिको सैनिक कप फुटबल प्रतियोगिता कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै खेलाडी हरूलाई अनुसासित भई खेल्न समेत लामाले आग्रह गरें ।

यसैगरी आयोजक अरनिको युवा क्लब का अध्यक्ष जित बहादुर तामाङले छैठो अरनिको सैनिक कप कंचनपुर जिल्लाकै सर्वाधिक धनराशिको खुल्ला फुटबल प्रतियोगितामा रहेको जानकारी दिए। उनले यस खुल्ला फुटबल प्रतियोगितामा बिभागीय टीम नेपाल आर्मी र नेपाल पुलिस क्लब सहित १९ वटा टिमहरूको सहभागिता रहेको जानकारी दिए।

आयोजकका अनुसार अरनिको सैनिक कप फुटबल प्रतियोगिताको विजेता टिमले मेडल,ट्रफी,प्रमाणपत्र सहित नगद रु २ लाख ६० हजार र उपविजेता टिमले १ लाख ३० हजार प्राप्त गर्ने आयोजक अरनिको युवा क्लबका अध्यक्ष जित बहादुर तामाङले जानकारी दिए । प्रतियोगितामा सहभागि हुने टिमलाई नगद रु १० हजार दर्ता शुल्क राखिएको छ ।

प्रतियोगितामा सर्वाधिक गोलकर्ता,उत्कृष्ट गोलरक्षक,रक्षक,फरवार्ड,फेयर प्ले र उदयमान खेलाडीलाई जनही ५ हजार सहित ट्रफी प्रदान गरिने अध्यक्ष तामाङले जानकारी दिए । प्रतियोगिताको उत्कृष्ट एकजना खेलाडीलाई नगद रु १० हजार सहित मेडल,ट्रफी प्रदान गरिने छ ।

पुनर्वास नगरपालिका २ अरनिको बस्ती स्थित क्लबको खेलमैदानमा हुने फुटबल प्रतियोगितामा मूख्य प्रायोजकको रुपमा प्रकाश दाहाल स्मृति प्रतिष्ठान रहेको छ । भने सह प्रायोजकको रुपमा काठमाडौंको विज्ञान एसआर म्यानेजमेन्ट प्रालि रहेको छ ।यस्तै प्रतियोगिता सम्पन्न गर्न पुनर्वास नगरपालिका वडा नम्बर ६ को कार्यालय , रेडबुल र वल्र्ड लिंक ईन्टरनेट कम्पनीले पनि सहयोग गरेको छ ।

खुल्ला फुटबल प्रतियोगितामा हरेक दिन २ वटा खेल खेलाइने छ । नकआउटको आधारमा खेलाइने हरेक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई रेडबुलको तर्फ रु १५ सय प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न कुल १२ लाख ५० हजार खर्च हुने अनुमान गरिएको जनाइएको छ ।

प्रतियोगिताको उद्घाटन स्वर्गीय प्रकाश दाहाल स्मृति प्रतिष्ठानकी अध्यक्ष पुर्व माननीय विना मगरले गर्ने तय भएको आयोजकले जानकारी दिएको छ ।उक्त पत्रकार सम्मेलन कार्यक्रमलाई सो क्लबका सचिब दिपेश तामाङले संचालन गरेका थिए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु