कञ्चनपुर ,
सीमा पारीबाट दैनिक अबैध आयातले पोल्ट्री ब्यबसाय धरापमा पर्न थाले पछि कञ्चनपुरको बेलडाँडी बेलौरीका ब्यबसायीहरुले संघर्ष समिति गठन गरेका छन् ।
शनिवार बेलडाँडीमा आयोजित कुखुरा पालक किसानहरुको भेलाले चोरीपैठारी भइ नेपाली बजारमा भित्रीने कुखुरा जन्य उत्पादनका कारण स्वदेशमा मासुजन्य उत्पादनमा लगानी गर्दै आएका युवा कृषकहरुको लगानी डुब्दै गरे पनि राज्यका निकायहरु गैर जिम्मेवार बनेको भन्दै भेलाको आयोजन गरिएको थियो ।
शनिबार भएको युवा ब्यबसायीहरुको भेलाले अबैध कुखुरा जन्य उत्पादनको चोरीपैठारी रोक्न नरेश थापा मगर “गोलु” को अध्यक्षतामा संघर्ष समिती गठन गरिएको छ ।
भेलाले उपाध्यक्ष भोजराज पाण्डेय , सचीव कमल प्रसाद उपाध्याय , कोषाध्यक्ष शुसिला थापा , सदस्यहरुमा जय बहादुर बम , दल बहादुर रोकाया , भानुभक्त ओझा , बिक्रम बोहरा र तप्तबहादुर बोहरा लाई चयन गरेको छ ।