दार्चुला ,
महाकाली नदीमा बगेर एक जनाको मृत्यु भएको छ ।महाकाली नगरपालिका-४ बङ्गाबगर क्षेत्रबाट नदीमा बगेका अन्दाजी ५० वर्षीय पुरुष २ किलोमिटर तल पुगेका थिए । ती पुरुष को हुन भन्ने खुलेको छैन ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले नदिबाट उद्दार गरेर जिल्ला अस्पताल पुगाए पनि चिकित्सकले मृत घोषणा गरेका हुन ।
शवलाई जिल्ला अस्पतालमा राखिएको छ ।