कञ्चनपुर ,
बेलौरीको मुख्य बजारको बेलौरी बजारको ढलनिकास दीर्घकालीन समाधान र सडकमा अव्यवस्थित रहेका विद्युत पोलका कारण हुन सक्ने दुर्घटना नियन्त्रण न्यूनीकरणका लागि अनुगमन गरिएको छ ।
संविधानसभा सदस्य एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवानसिंह बिष्ट , बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी , उप प्रमुख जोगराम चौधरी , विद्युत कार्यालयका प्रतिनिधि हिरा चन्द लगायतको टोलिले मुख्य बजारको सडकको अनुगमन गरेको हो ।
बेलौरीको मुख्य बजारमा हालै ढल निर्माणको कार्य संगै सडक चौडा गरिएपछि सडकमा पर्न गएका विद्युतका पोलहरुका कारण सवारी आवागमनमा समस्या र दुर्घटनाको जोखिम बढे संगै उक्त अबस्थाको समाधानका लागि बुधबार अनुगमन गरिएको हो ।