September 11, 24
26.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

शुक्लाफाँटा नगरपालिकाकाे यस्ताे विधालय जहाँ सैद्धान्तिक ज्ञान संगै प्रयोगात्मक सीप सिकाईन्छ

मा प्रकाशित

कञ्चनपुर ।  शुक्लाफाँटा नपा ४ पिपलाडिमा रहेकाे राष्ट्रिय मावि यसक्षेत्रकै पुरानाे विधालय हाे।२०१४ सालमा खुलेकाे यश विधालयमा वालविकास देखि कक्षा १२ सम्म पठनपाठन त हुन्छ नै विधालयले २०७४ सालदेखि प्राबिधिक धार १८ महिने वालिविज्ञानकाे समेत अध्यापन गराउदै आएकाे छ।स्कुलमा याे शैक्षिकसत्रमा १०४८ जना अध्यनरत विद्यार्थी छन्।

सामुदायिक विधालयमा अध्यन गर्ने विद्यार्थीको संख्या घटिरहेकाे वेला भने यश विधालयमा अध्यन गर्ने विद्यार्थीको संख्या दिनदिनै वढिरहेकाे छ।शुक्लाफाँटाकाे राष्ट्रिय माध्यमिक विधालय यस्तो स्कुल हाे।जहाँ विद्यार्थी लाई सैद्धान्तिक ज्ञान संगै प्रयोगात्मक सीप पनि सिकाई हुन्छ।विधालयमा PJTA (१८ महिने वालि विज्ञान)का विद्यार्थी हरूले २०% सैद्धान्तिक ज्ञान लिन्छन् भने ८०% फिल्डमै प्रयोगात्मक शिक्षा लिन्छन् ।

अर्को राेचक कुरा PJTA का विद्यार्थीले आफुले सिकेकाे प्रयोगात्मक सिपलाई साेहि विधालयमा कक्षा ७ देखि व्यवसायीक विषय पेशा लिएका विद्यार्थी लाई फिल्डमै गएर प्रयोगात्मक सीप पनि सिकाउछन्।याे नयाँ अभ्यासकाे थालनि विधालयले गरेकाे विधालयका प्रधानाध्यापक बिरेन्द्र साउदले वताए।

उनका अनुशार विधालयमा सवै जातजाति भाषाभाषी त छन नै वहुसंख्यक जनजाति आदिवासी विद्यार्थीको वाहुल्यता रहेकाे क्षेत्र हाे।विधालयले आज भन्दा करिव ६बर्ष पहिले देखि विधालयले PJTA अध्यन अध्यापन गराउन थालेपछि यसक्षेत्रका विद्यार्थी संगै सुपका ९ वटै जिल्ला वाट समेत विद्यार्थी अध्यनका लागि आउने गरेका छन्।गरिव विपन्न जेहेन्दार विद्यार्थीले समेत सहज रूपमा प्राबिधिक शिक्षा आर्जन गरून् भन्ने पवित्र उदेश्य राखि विधालयले न्युनतम शुल्क निर्धारण गरेकाे छ।

१८महिने वालि विज्ञान (PJTA) काे अध्यन शुल्क लाई विद्यार्थी अभिभावककाे सहजताका लागि किस्तावन्दिमा पनि तिर्न मिल्ने व्यवस्था मिलाईएकाे छ।चिटिक्क परेका विनयशिल विद्यार्थी र शिक्षक निजि स्कुलमा मात्रै भेटिन्छन् भन्ने हाम्रो मानसपटलमा आउँछ।तर शुक्लाफाँटाकाे राष्ट्रिय माविमा पढ्ने विद्यार्थी संगै शिक्षकमा पनि विनयशिलता मेलमिलाप त छ नै आगन्तुक लाई हसिलाे मुहारले सम्मान गर्ने परम्परा देख्न सकिन्छ।विद्यार्थी लाई सैद्धान्तिक ज्ञान संगै प्रयोगात्मक सीप सिकाउने विधालयकाे भुमिका निकै प्रशंसनिय छ।शिक्षक विचकाे आपसि एकता मेलमिलापकाे वातावरण अन्य स्कुलका लागि अनुकरणीय छ।विधालयमा विद्यार्थीले अवाञ्छित किर्याकलाप गरे अभिभावक लाई वाेलाई विद्यार्थीको वानि व्यवहारमा सुधार गर्न लगाईने नीति स्कुलकाे रहेकाे प्रधानाध्यापक साउदले वताए।विद्यार्थी लाई उधम गर्न सिकाउन र प्रयोगात्मक सीप सिकाउन प्रतेक बर्स असार १५मनाईने राष्ट्रिय धान दिवसका दिन शिक्षक शिक्षिका विद्यार्थी द्वारा संयुक्तरूपमा धान दिवस मनाउने परम्परा रहेकाे प्रधानाध्यापक साउदले वताएका हुन्।

प्रयोगात्मक कार्यका लागि विधालय संग करिव ढाई विगा भन्दा पनि वढि जमिन रहेकाे छ।दुई कठ्ठा जमिनमा दुईवटा माछा पाेखरि रहेका छन्।दुईवटा ट्रनेलमा विमाैसमि तरकारि उत्पादन गरिएकाे छ।उत्तम प्रबिधिको प्रयोग गरि वनाईएकाे एउटा ट्रनेलमा करेला फल्न सुरू भईसकेकाे छ भने अर्को ट्रनेलमा टमाटरका विरूका हुर्किरहेका छन्।वाँकि रहेकाे स्कुलकाे जमिनमा भिन्टि खुर्सानी फर्सी काक्रो लगायतका बिरुवा लगाईएकाे विधालयका शिक्षक नरेन्द्र प्रसाद भट्टले वताए।काेराेना कालकाे समयमा प्राबिधिक तर्फ पढ्ने विद्यार्थी केही कम रहेपनि हाल भने विधालयले पढाउन मिल्ने विद्यार्थी काेटा ४०जना मध्ये( PJTA) मा २६जना विद्यार्थी अध्यनरत रहेका भट्टले वताए।

कक्षा ६देखिनै ऐच्छिक विषयकाे रूपमा कम्युटर अध्यन अध्यापन गराउनुका साथै प्रोजेक्टरकाे माध्यम वाट समेत पढाई भईरहेकाे उनले वताए।सुविधा सम्पन्न कम्युटर कक्ष,पुस्तकालय,क्यान्टिनकाे उचित व्यवस्था,सिचाईका लागि प्रसस्त पानिकाे व्यवस्था,साप्ताहिक रूपमा अतिरिक्त किर्याकलाप,सुविधा सम्पन्न छात्रावास,शान्त र रमणीय वातावरणमा पठनपाठन हुने भएकाले विद्यार्थीको चाप निकै वढिरहेकाे छ।विधालयमा विद्यार्थीको कक्षागत विवरण कक्षा १देखि ५सम्म २३६ जना,कक्षा ६देखि ८सम्म २३५ जना,कक्षा ९ र १० मा ३११ जना,कक्षा ११ र १२ मा १८८ जना विद्यार्थी अध्यनरत छन्।

शैक्षिक जनशक्ति तहगत वालविकास २ जना,प्राबी ९ जना,निमावि ४ जना,राहात मावि ५ जना,मावि स्थायि १ जना निजि ६ जना गरि २७ जना शिक्षक विधालयमा कार्यरत छन्।कितावि सैद्धान्तिक ज्ञान संगै व्यवहारिक प्रयोगात्मक ज्ञान लाई विधालयले महत्त्व दिदै आईरहेकाेले अन्य विधालयका लागि पनि याे विधालय अनुकरणीय छ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु