ईश्वर बडू कञ्चनपुर ७ भदौ
स्थानीय सरकारलाई उत्तरदायी बनाउनका लागि संचार र नागरिक समाजको महत्वपूर्ण भूमिका हुने एक कार्यक्रमका सहभागिले बताएका छन । सोमबार संञ्जिवनी नेपालले नागरिक पारस्परिक जवाफदेहिता कार्यक्रम अन्र्तरगत गरेको छलफल कार्यक्रममा स्थानीय सरकारलाई उत्तरदायी बनाउनका लागि संचार र नागरिक समाजको महत्वपूर्ण भूमिका हुने एक कार्यक्रमका सहभागिले बताएका हुन ।
सहभागिहरुले संचार र नागरिक समाजको भूमिका स्वच्छ, निष्पक्ष भएमात्रै स्थानीय सरकार थप जिम्मेबारी हुनेमा जोडदिएका छन । एफआई ३६०परियोजना सह निर्देशक प्रेम ओझाले सहजिकरण गरेको कार्यक्रममा नागरिक समाजका तर्फबाट नरेश सिलाल, मिना भण्डारी, सञ्जिवनी नेपालका कार्यकारी निर्देशक नितु भट्ट, निड्स नेपालका अध्यक्ष अञ्जु भट्ट सहितका संचारकर्मी नागरिक समाजका अगुवाले स्थानीय सरकारलाई थप जिम्मेबार बनाउँदै नागरिक समाज संचारकर्मीले नागरिक सरोकारवालाका विषयमा चासो दिनुपर्ने बताएका थिए ।
मा प्रकाशित