September 13, 24
24.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

मानव भक्षी बाघलाई नियन्त्रणमा लिइ पुगाइयो शुक्लाफाँटा

मा प्रकाशित

कञ्चनपुर ,
कञ्चनपुरको बेलौरी नगरपालिका ८ खप्टी खोला नजिक आतंक फैलाउने बाघलाई नियन्त्रणमा लिइएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोली , शुक्लाफाँटा वन्यजन्तु आरक्ष , वन डिभिजन कार्यालय , वनकर्मीको टोलीले बाघलाई नियन्त्रणमा लिइएको सव वन डिभिजन कार्यालय कुण्डाका प्रमुख दिनेश कुमार यादवले बताए ।

बाघलाई बेहोस पारेर नियन्त्रणमा लिइ शुक्लाफाँटा वन्यजन्तु आरक्षमा लगिएको वन अधिकृत यादवले बताए ।

बाघ भाग्न नदिन शुक्लाफाँटा वन्यजन्तु निकुञ्जको हात्ती सहितको टोलि , नेपाल प्रहरी , सशस्त्र प्रहरी र स्थानीयहरुले रातभर सो क्षेत्रमा घेराबन्दी गरेका थिए ।
बेलौरी-बेलडाँडी हुलाकी राजमार्ग स्थित उक्त मानव बस्ती नजिकै पसेको बाघले शुक्रबार बेलौरी नगरपालिका ८ कि अन्दाजी ४५ वर्षिय गंगा चन्द माथी आक्रमण गरेको थियो ।

बाघको आक्रमणमा परि बेपत्ता रहेकी उनको खोजी कार्य जारी रहेको सहायक वन अधिकृत यादवले बताए ।

सो क्षेत्रमा पहिलोपटक बाघले आतंक मच्चाउन थालेपछि स्थानिय त्रसित बनेका थिए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु