February 23, 24
6.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

त्रिभुवनबस्तीमा मानव बेचबिखन सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन

मा प्रकाशित

कञ्चनपुर,
पुनर्वासको त्रिभुवनबस्तीमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।
पुनर्वासको ६ नम्बर वडा नेपाल भारत खुला सिमाना भएकाले मानव बेचविखन तथा ओसारपसारका लागि जोखिमयुक्त क्षेत्र भएकाले न्यूनीकरण गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो ।

दुई दिन सम्म सञ्चालन हुने उक्त सचेतना कार्यक्रम पुनर्वास नगरपालिका ६ का वडाध्यक्ष मित्रसिंह लामाको अध्यक्षता, पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्माको प्रमुख आथित्यतामा उद्घाटन गरिएको थियो ।
अतिथिको आसनमा उद्योग वाणिज्य संघ, जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, प्रशिक्षक, महिला स्वयंसेविका, शिक्षक तथा विद्यार्थीहरुको सहभागीता रहेको थियोे ।

दुई दिन सम्म चल्ने सचेतना कार्यक्रमलाई प्रशिक्षक प्रकाशचन्द्र मडै र सुरक्षा निकायका प्रतिनिधिहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु