April 27, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कञ्चनपुर १ बाट तरुण बिभाग संयोजक खड्का सहित सदस्यमा जोशी, बिष्ट र लोहनी मनोनीत

मा प्रकाशित

पुनर्वास ,
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ का नेपाली काँग्रेसका युवा नेता रामबहादुर खड्का तरुण विभागको संयोजकमा मनोनीत भएका छन् ।

बेलौरीको गकुलपुरका खड्कालाई बिहीबार नेपाली काँग्रेस कञ्चनपुरले तरुण विभाग संयोजक पदमा मनोनित गरेको हो ।
पार्टीको जिल्ला सदस्य समेत रहेका खड्का विगत लामो समयदेखि काँग्रेस निकट भातृ संगठन नेपाल तरुण दलको क्षेत्रीय अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

यसै गरि नेपाली काँग्रेस कञ्चनपुरले जिल्लाको दक्षिणी क्षेत्रबाट निवर्तमान बेलडाँडी सभापति हर्कदेव जोशी , क्षेत्रीय प्रतिनिधि बिजयसिंह बिष्ट र महिला नेतृ देवि लोहनीलाई जिल्ला सदस्यमा मनोनित गरेको छ ।

काँग्रेसको विधान ०१७(संशोधन सहितको)धारा ४८ अनुसार नेपाली काँग्रेसको नियमावली ०७६को परिच्छेद १७को धारा ४८(३) बमोजिम तरुण शाखा विभागको सयोजकमा मनोनित गरेको जनाएको छ ।

काँग्रेस कञ्चनपुरका पार्टी सभापति पदम बोगटीले विधान अनुरुप अघि बढ्नुपर्नेमा निर्देशन दिईएको छ । काँग्रेस बेलौरीका युवा नेता राम बहादुर खड्काले पार्टीले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु