March 4, 24
10.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

सडक दुर्घटनामा परि सुदूरपश्चिमका कानुन मन्त्री सिंह सहित ३ जनाको मृत्यु

मा प्रकाशित

कञ्चनपुर ,
बझाङमा भएको गाडी दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा निधन भएको छ ।


मन्त्री सिंहलाई उपचारका लागि बझाङबाट हेलिकप्टरमा कोहलपुर ल्याइएको थियो । सिंहसँगै कोहलपुर ल्याइएका चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको भने उपचार भइरहेको अस्पतालले जनाएको छ ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरले आज साँझ एक प्रेस विज्ञप्ती निकालेर ५ बजेर ३३ मिनेटमा निधन भएको जनाएको छ । दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भएको थियो ।

मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१-००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा आज दिउँसो केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो ।

सिंहसहित यो दुर्घटनामा ज्यान गुमाउने ३ जना पुगेका छन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु