September 11, 24
26.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

कुण्डा सव वन कार्यालयद्वारा बिरुवा बितरण सुरु

मा प्रकाशित

 

पुनर्वास ,
कुण्डा सव वन डिभिजन कार्यालय पचकडियाले मंगलबार देखि नि:शुल्क बिरुवा बितरण सुरु गरेको छ ।

डिभिजन कार्यालयले पुनर्वास क्षेत्रमा वन पैदावर वृद्धि र हरियाली बढाएर वातावरणीय सन्तुलन कायम राख्न बर्सेनि बिरुवा उत्पादन गरि बितरण गर्दै आएको छ ।

आर्थिक वर्ष २०७९/०८० मा आफ्नो नर्सरीमा ६० हजार बिरुवा उत्पादन गरेर नि:शुल्क बितरण सुरु गरेको सव वन डिभिजन कार्यालय पचकडियाका वन अधिकृत दिनेश कुमार यादवले बताए ।

वनको नर्सरीमा पारिजात , टिक , अमला , मसला , बकाइनो , कोइरालो , जामुन र निम प्रजातिका बिरुवा उत्पादन गरिएको अधिकृत यादवले बताए ।

सव सव डिभिजन कार्यालय पचकडियाले उत्पादन गरेको बिरुवा मंगलबार पुनर्वास नगरपालिकाका मेयर तोयप्रसाद शर्माले बिरुवा बितरण कार्यक्रमको उद्घाटन गरेका थिए । बिरुवा बितरण कार्यक्रममा पुनर्वासका विभिन्न वडाका वडा अध्यक्ष , समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु