नागरिक संवाददाता,
पुनर्वास, भदाै १२ । अबिरल बर्षाका कारण शुक्रवार अाएकाे बाढीले घर डुबानमा परेका पुनर्वासका पिडितहरूलाई नेपाल रेडक्रस साेसाईटी र पुनर्वास नगरपालिकाले स्वास्थ्य सामाग्री बितरण गरेकाे छ ।
शनिवार भिमशेन बाबा सत्सँग भवनमा एक कार्यक्रमका बिच साे सामाग्रि पिडितहरुलाई बितरण गरिएकाे हाे । पिडितलाई मास्क, सेनिटाईजर, साबुन, जिवनजल, सिटामाेल लगायतका स्वास्थ्य सामाग्री बितरण गरिएकाे थियाे । बाढीले पानिकाे मुहान दुषित भई टाईफाईड, पखाला, रुघाखाेकि, टाउकाे दुखाई अादि राेगहरु लाग्न सक्ने हुनाले पिउने पानिलाई शुद्धिकरण गरि या पीयूष मिसाएर पानी प्रयाेग गर्नु पर्ने पुनर्वास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम बहादुर धामीले बताउनु भयाे ।
स्थानिय दाेँदा नदिमा अप्रत्यासित रुपमा शुक्रवार राति ३ बजे अाएकाे बाढी सिम्रि गाउँकाे बस्तीमा पसेकाे थियाे । बाढीका कारण सिम्रिमा ६० घर धुरि, पचकडियामा ६ घरधुरि, चकमलीमा ६ घरधुरि , राताेतालमा ४ घर डुबानमा परेका थिए । अहिले घरमा पसेकाे पानी सुकिसकेकाे भएता पनि घर भित्र हिलाे भएका कारण बस्न सकिने अवस्था नरहेकाे स्थानियहरूले बताएका छन ।
मा प्रकाशित