April 27, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

दोदाको बाढीबाट कञ्चनपुरका बस्ती डुबान , डोकेबजार -बेलौरी हुलाकी राजमार्गमा आवागन ठप्प प्रहरी द्वारा उद्धार जारी

मा प्रकाशित

 

जुद्ध चाैधरी
कञ्चनपुर, भदाै ११
सुदुरपश्चिमका पहाडी जिल्लामा परेकाे अबिरल बर्षाको कारण दोदा नदीमा आएको बाढीले कञ्चनपुरकाे दक्षिण क्षेत्र डुबानमा परेकाे छ ।

शुक्रबार राति परेकाे अबिरल बर्षाले दाेँदा नदिमा आएकाे बाढी बस्तीमा पसेपछि कञ्चनपुरको लालझाडी र पुनर्वासका २०० बढी घरधुरि डुबानमा परेका हुन । बाढीका कारण डोकेबजार – बेलौरी हुलाकी राजमार्गमा आवागमन नराम्ररी प्रभावित बनेको छ ।

अबिरल बर्षाले कञ्चनपुरकाे बेलाैरी नगरपालिका, लालझाडी गाउँपालिका र पुनर्वास नगरपालिकाका घरहरु डुबानमा परेका छन । डुबान बाट मानविय क्षति नभएपनि घरमा भण्डारण गरि राखिएकाे अन्नबालि र पशुचाैपाया पानिले बगाएकाे स्थानियहरूले बताएका छन ।

लालझाडी गाउँपालिकामा किसानले पालन गरिरहेका माछा समेत बाढीले बगाएकाे लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले जानकारी गराए ।

बाढी प्रभावित क्षेत्रमा नेपाली काँग्रेसका नेता एवं पुर्व साँसद दिवान सिंह बिष्टले अनुगमन गरेका थिए ।
बाढीले डुबानमा परेका केही मानिसलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेकाे छ । क्षतिकाे विवरण आउन बाँकि रहेकाे ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक कैलाश सिँह बिष्टले बताएका छन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु