September 14, 24
25.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

निष्पक्ष सहितको समाचार सम्प्रेषण गरेपछि मात्र समाज र सिंगो देशको विकास हुन्छ : मन्त्री साउद

मा प्रकाशित

महेन्द्रनगर । परराष्ट्र मन्त्री एनपी साउदले कुनै एक ब्यक्तिको स्वार्थका लागि नभएर निष्पक्ष र सत्य तथ्य सहितको समाचार सम्प्रेषण गरेपछि मात्र समाज र सिंगो देशको विकास हुने कुरा बताएका छन् ।

नेपाल प्रेस युनियन कञ्चनपुरको सातौ जिल्ला अधिबेशन कार्यक्रममा प्रमुख अतिथीको आसन बाट बोल्दै उनलेे सो कुरा बताएका हुन् ।
नेपाल प्रेस युनियन नेपाली कांग्रेस पार्टीका लागि बलियो संगठन रहेको र यसको जग स्वर्गिय पुर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले बसालेको बताए ।

यसैगरी नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डा. जीवन रानाले अरु देशमा पत्रकार बन्नका लागि पत्रकारिता पढाई गर्नु पर्छ तर नेपालमा केही दिन तालिम लिएर पनि पत्रकार हुन पाइने कुरा बताउनु भएको छ । साथै समाचार लेख्ने बेला जतिखेर पनि बिचार पुर्याएर लेख्नु पर्ने सुझाव दिईन ।

यस्तै नेपाली कांग्रेसका केन्द्रिय सदस्य यज्ञराज जोशीले आफु पहिला पञ्चायत कालमा पत्रकारिता गर्दा निकै समस्या झेलेको भएपनि अहिले धेरै सजिलो भएको कुरा बताए । यस्तै सुदूरपश्चिम प्रदेश सभा सदस्य मधु भारतीले समाचार कसैको दबाबमा परी नलेख्ने र अरुलाई असर पर्ने किसिमको नहुनु पर्ने कुरा बताए ।भिमदत्त नगरपालिकाकी नगर उपप्रमुख निलम लेखक जोशीले बिबादीत समाचार लेख्दा दुबै पक्षको धारणा समेटेर मात्र लेख्नु पर्ने बताईन ।
यसैगरी नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालले युनियनलाई लोकतान्त्रिक तथा प्रजातान्त्रिक रुपमा अगाडी बढनको लागि प्रेरणा दिने संगठनको रुपमा लिएको बताए ।
नेपाल प्रेस युनियन कञ्चनपुरको नयाँ कार्य समिति चयनका लागि सहमतिको प्रयास भइरहेको छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु