March 16, 25
24.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

आइएमइ इन्स्योरेन्स द्वारा झलारीमा जनचेतना

मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड झलारीले आफ्नो छैठौँ वार्षिकोत्सव दिवसको अवसरमा वित्तीय जनचेतनाद्धारा सशक्तिकरण अभियान सम्पन्न गरेको छ ।

शनिवार आइएमइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड झलारीका शाखा प्रमुख पवेन्द्र हमालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि शुक्लाफाटा नगरपालिकाका नगर उपप्रमुख कल्पना जोशी (पन्त) रहेका थिए। कार्यक्रममा बोल्दै नगर उपप्रमुख पन्तले महिलाहरु घरायसी काममा मात्रै सिमित नभई आत्मनिर्भर बन्नुपर्ने बताएका छन्। महिलाले आफुले आफुलाई कमजोर ठान्नु नहुने र गलत गर्न नहुने र गलत सहनु नहुने समेत बताएका छन्। कृषि कार्य बाटै अहिले व्यावसायिक रुपमा जाने हो भने घर खर्च चलाउन,छोराछोरी पढाउँन पुग्ने गरि आम्दानी गर्न सकिने उल्लेख गरेका छन्। तरकारी खेति,फलफूल खेति,बेसार खेति तथा दुग्ध उत्पादनको लागि उन्नत जातका गाई एवं भैसी पालन गर्न सकिन्छ,बाख्रा पालन गर्न सकिन्छ उहाले भन्नु भयो।

महिलाहरुलाई आत्मनिर्भर कसरी बन्न सकिन्छ भन्ने विषयमा वित्तीय जनचेतनाद्धारा सशक्तिकरण अभियान कार्यक्रम सञ्चालन गरिएको कार्यक्रममा महिलाहरुलाई आत्मनिर्भर बनेर कसरी स्वरोजगार बन्न सकिन्छ भन्ने विषयमा शाखा प्रमुख हमालले जानकारी प्रदान गरेका थिए । कार्यक्रममा साना किसान महिला कृषि सहकारी संस्था झलारी शाखा अन्तर्गतका विभिन्न समुहबाट करिब ५० जनाको सहभागिता रहेको थियो । कम्पनीले आफ्नो छैठौँ वार्षिकोत्सव को अवसरमा देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाइरहेको छ ।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड का सिनियर एजेन्सी मेनेजर नारन्ती देवी ऐरले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन चिफ एजेन्सी मेनेजर जीत बहादुर साउँदले गरेका थिए।

-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु