September 11, 24
26.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

डेंगु रोग रोकथामका लागी स्वास्थ्य शाखा बेखबर:श्रीपुर प्रथामिक केन्द्र द्वारा नगरबासीलाई सचेतना फैलाउदै

मा प्रकाशित

बेलौरी ,
कञ्चनपुरको बेलौरीमा रहेको श्रीपुर प्रथामिक स्वास्थ्य केन्द्रले डेंगु रोग सार्ने लामखुट्टे कसरी उत्पादन हुन्छ र रोगबाट कसरी बच्न सकिन्छ ।भन्ने उदेश्यका साथ शुक्रबार बेलौरी बजार क्षेत्रमा अनुगमन गरेको छ।

श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीले बजारमा जनचेतना मूलक सन्देश प्रवाह गर्दै डेंगु रोकथामका लागि बजार बासिमा डेंगुको संक्रमणबाट बच्नका लागी पूर्व तयारी गर्दै पानी जमेका ठाउँहरूमा डेंगुका लार्भाहरू जम्न नदिन खाली पानी भरिएका टायर फोहर हटाउने कार्य गर्नुका साथै डेंगु सम्वन्धी सचेतना गराएको श्रीपुर प्राथमिक स्वास्थ केन्द्र बेलौरीका प्रमुख गोबिन्द बिष्टले जानकारी दिनुभयो। घर वरिपरि फोहोर पानी जम्न नदिने, सुत्दा झुल टाँगेर मात्रै सुत्ने, शरीर ढाक्ने लुगा लगाउने लगायतका विधि अपनाएमा डेंगुको सङ्क्रमणबाट बच्न सकिने समेत प्रमुख बिष्टले बताउनुभयो ।केही अगाडि डेंगुको कारण बेलौरी नगरपालिका वडा नम्बर ८ का २८ बर्षका युवकको मृत्यु भएको थियो । भने बेलौरी नगरपालिकामा रहेको स्वास्थ्य शाखा डेंगु नियन्त्रणका लागी कुनै ठोस रणनीति नबनाइ मुकदर्शक देखिएको छ।

स्वास्थ्यकर्मीहरुले डेंगुको लक्षण, बच्ने उपाय, उपचार विधि, नियन्त्रणको तरिकालगायतका विषयमा आम नागरिकलाई सचेत गराउदै टायर, जार, नाली लगायतमा डेंगुको संक्रमण सार्ने लामखुट्टे बढी मात्रामा बस्ने भएकाले सो बाट बच्न ध्यान दिनुपर्नेमा जोड दिएका छन।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु