December 4, 24
19.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

धनगढीमा मनाइयो मुटु रोग दिवस

मा प्रकाशित

जमुना न्युरे
धनगढी
“मुटुलाई माया गरौं, मुटु बचाऔं” भन्ने मूल नाराका साथ आज सेप्टेम्बर 29 मा विश्व मुटु दिवसधनगढीमा पनि मनाइएको छ ।
विश्व मुटु रोग दिवसको अवसरमा नेपाल हृदयरोग निवारण प्रतिष्ठान कैलाली शाखा र लायन्स क्लब अफ धनगढी टाउनको संयुक्त आयोजनामा स्वास्थ्य परीक्षण तथा मुटुरोग र चिनी रोग जांच कार्यक्रम संचालन गरिएको हो ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठान कैलाली शाखाका सभापति डा. कृष्ण बहादुर बोहराको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि सेती प्रादेशिक अस्पतालका पुर्व मेडिकल सुपरिटेन्डेन्ट डाक्टर गणेश बहादुर सिंह रहनु भएको थियो भने विशिष्ट अतिथिमा नव नियुक्त मे.सु डाक्टर शेर बहादुर कमर र लायन्स क्लब इन्टरनेसनल 325N का सिनियर डिष्ट्रिक एक्सक्यूटिभ चिफ लायन गोविन्द अधिकारी, बिष्णु बुर्लाकोटी र खेमराज भट्ट रहनु भएको थियो ।

उक्त स्वास्थ्य परीक्षण कार्यक्रममा प्रादेशिक स्वास्थ्य निर्देशनालय दिपायलका स्वास्थ्य अधिकृत उत्तम उपाध्याय, स्वास्थ्य कार्यालय कैलालीका निमित्त कार्यालय प्रमुख तेज बिक्रम शाही र धनगढी उप-महानगरपालिका स्वास्थ्य शाखाका ज.स्वा.नि. कृष्ण दत्त पन्त पनि उपस्थिती रहेको थियो ।
संयुक्त रूपमा आयोजित उक्त कार्यक्रममा सेती प्रादेशिक अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.विप्लव कार्कीले स्वास्थ्य परीक्षण तथा मुटु जांच गर्नु भएको थियो ।

स्वास्थ्य कार्यालयका प्राविधिक हरूले चिनीरोगको जांच र ई.सी.जी. गर्नु भएको थियो । उक्त स्वास्थ्य परीक्षण कार्यक्रममा 37 जना मुटुरोग र अन्य सेवाग्राहीले सेवा लिएका थिए भने कार्यक्रम सञ्चालन लायन्स क्लब अफ धनगढी टाउनका मार्केटीङ चेयर पर्सन नर बहादुर नेगीले संचालन गर्नु भएको थियो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु