February 23, 24
6.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

पत्रकार जोशी सहकारी द्बारा सम्मानित

मा प्रकाशित

पुनर्वास
कञ्चनपुरको पुनर्वासका पत्रकार हरिलाल जोशीलाई एक सहकारीले सम्मान गरेको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका ३ आई बि आर डी मा रहेको श्री कालिका बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पत्रकारिता क्षेत्रबाट सहकारीको क्षेत्रमा पुर्‍याएको उल्लेखनीय कदमको उच्च मूल्यांकन गर्दै उनलाई दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मान गरेको हो ।

सहकारीले आफ्नो चौधौं साधारण सभाको उपलक्ष्यमा बिश्वखोज दैनिकका प्रकाशक एवम् कार्यकारी सम्पादक पत्रकार हरिलाल जोशीलाई सम्मान गरेको हो । सहकारीको आर्थिक गतिविधि, सहकारीद्वारा सञ्चालित बिभिन्न कार्यक्रमहरूको समाचार मार्फत प्रचार प्रसार तथा प्रर्वद्धन गर्न पत्रकारिता तथा सञ्चार माध्यम मार्फत उल्लेख्य भूमिका निर्वाह गरे वापत पत्रकार जोशी लाई सम्मान गरिएको कार्यक्रमका सभापति एवम् सहकारीका अध्यक्ष शुक बहादुर तामाङ ले जानकारी दिए ।

साथै आगामी दिनमा पनि विगतको झै सहकारीका बिभिन्न गतिविधि विकाससँगै आर्थिक गतिविधिको विषयमा शसक्त भएर कलम चलाउन उनले आग्रह गरे , साथै उनले पत्रकार जोशी को भविष्यमा उत्तरोत्तर प्रगतिको कामना पनि गरे ।

कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा रहि विभिन्न विद्यामा कलम चलाउँदै आएका सञ्चारकर्मी हरिलाल जोशीले पत्रकारिता ०६८ सालदेखि पत्रकारिता क्षेत्रमा प्रवेश गरेका सञ्चारकर्मी जोशी श्रम–सृजना राष्ट्रिय दैनिक, नागरिक आवाज , हेल्लो पुनर्वास राष्ट्रिय दैनिक र बागमती टेलिभिजनमा गरी एक दशक बिताएका छन् ।
पत्रकारिता क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका सञ्चारकर्मी जोशीले आफु मात्रै हैन, अरुलाई पनि रोजगारी प्रदान गरी स्वरोजगार सृजना गर्दै आएको देखिन्छ । उनी एकवर्ष देखि सुदुरपश्चिम सुनौलो मिडिया नेटर्वक प्रा.लि.को आफै सञ्चालक भई कैलाली र कञ्चनपुरमा विश्व खोज दैनिक पत्रिका सञ्चालन गर्दै आएका छन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु