झलारी ,
शुक्लाफाँटा नगरपालिका वडा नम्बर ९ मा माघी मिलन तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा बिहीबार भएको कार्यक्रममा प्रमुख अतिथि शुक्लाफ़ाटा नगरपालिकाका कार्यवहाक नगर प्रमुख कल्पना जोशी पन्त रहेका थिए /
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पन्तले आफ्नो कला,संस्कृति,भेषभूषा कला सस्कृति कहिल्यै पनि विर्सन नहुने बताएका छन्। थारु समुदायको बाहुल्यता रहेका नगरभित्रका वडाहरुमा प्रतेक बर्ष माघी मिलन कार्यक्रम संचालन हुँदै आएको बताएका छन्।
थारु समुदायको माघी मिलन कार्यक्रमले पारिवारिक भेटघाटका साथै कला,संस्कृतिको संरक्षणमा टेवा पुगेको कार्यवाहक नगर प्रमुख पन्तको भनाई रहेको थियो । कार्यक्रममा बोल्दै वडा नम्बर ९ का वडाध्यक्ष रमेश बहादुर ऐरले आफु निर्वाचित भएदेखी नै वडामा निरन्तर रुपमा कला,संस्कृतिको संरक्षणका कार्यक्रम गरिदै आएको बताए ।“हामीले प्रत्येक वर्ष यस्ता किसिमका कार्यक्रमहरु गर्दै आएका छौँ,वडाध्यक्ष ऐरले भने,सोही अनुरुप बजेट समेत विनियोजन गर्दै आएका छौँ ।” वडाध्यक्ष ऐरको सभापतित्वमा भएको कार्यक्रममा नगर उपप्रमुख पन्त सहित वडा नम्बर ३ का वडाध्यक्ष नरेन्द्र प्रसाद चौधरी,कार्यपालिका सदस्य भूमा चन्द लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन चन्द्र चौधरीले गरेका थिए ।