कचहरी संवाददाता
कंचनपुर, जेठ ३०
नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले जिल्लाको दक्षिणी भेगमा क्रियाशिल पत्रकारहरुको लागि स्वास्थ्य सामाग्री बितरण गरेको छ ।
कोभिड माहामारीका बेला अग्र मोर्चामा रहि रिपोर्टिङ गर्दै आएका पत्रकारहरुलाई महासंघले आफ्ना सदस्य पत्रकारहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।
कोरोना महामारीका बेला अग्र मोर्चामा रहँदै पत्रकारहरुको अबस्था बारे बुझ्न आइतबार दक्षिणी क्षेत्रको पुनर्वास पुगेका महसंघ कञ्चनपुरका अध्यक्ष माधव सिह धामी , सचिव राजेन्द्र अवस्थी र जिल्ला सदस्य किशोर तामाङको टोलीले ग्रामिण भेगमा क्रियाशिल पत्रकारहरुलाई स्वास्थ्य सामाग्री बितरण गरिएको हो ।
पत्रकार महासंघ कंचनपुर शाखाका अध्यक्ष धामीको टोलीले दक्षिणी क्षेत्रका पुनर्वास बेलौरी , बेल्डाँडी र लालझाडिमा पुगेर पत्रकारको अबस्थाको जानकारी लिएको थियो ।