April 27, 24
19.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

सेनालाई खुकुरी देखाउँदै अभद्र ब्यवहार गर्ने दुईजना पक्राउ

मा प्रकाशित

नागरिक संवाददाता/

कञ्चनपुर, पाैष २२ । कञ्चनपुरकाे ढक्का चान्देवमा रहेकाे नेपाली सेनाकाे देबीदल गण बेल्डाँडी अन्तर्गत ढक्का चेक पाेष्टमा ड्युटीमा रहेका सेनालाई खुकुरी देखाउँदै अभद्र ब्यबहार गरेकाे अाराेपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएकाे छ ।
कञ्चनपुरकाे शुक्लाफाँटा न. पा. २ ढकनिय घर भएक बर्ष २१ का आशिष साउद र वार्ड नं. १ बन्सहा बस्ने बर्स १८ का रमेस बोहरालाई एक थान खुकुरी सहित प्रहरीले नियन्त्रणमा लिएकाे छ । ड्युटीमा खटिएकाे सेनालाई खुकुरी देखाउँदै अभद्र ब्यबहार गरेकाे सुचना पाउना साथ घटना स्थलमा पुगेर तिनिहरूलाई नियन्त्रणमा लिएकाे ईलाका प्रहरी कार्यालय बेलाैरीका प्रहरी निरिक्षक कमल कुमार खड्काले जानकारी गराए । अाशिष र रमेश सु.प प्र ०१-००९ प ९७६५ नम्बरकाे माेटरसाईकलमा  बिहिवार दिउसाे २ बजे कलुवापुर देखि बेलाैरी गईरहेका थिए ।

पक्राउ परेका दुबैजनालाई  फाैजदारी ऐन २०७४ काे दफा ११८ अनुसार कार्बाही प्रक्रिया अगाडी बढाईने प्रहरी निरिक्षक कमल कुमार खड्काले बताए ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु