धनबहादुर बिक
कञ्चनपुर, माघ ०७ ।
सामान्य जुत्ता सिलाउने पेशाबाट कसरी छाेरालाई डाक्टर पढाउन सकिन्छ? अाम मानिसले साेच्ने कुरा हाे । गरिब तथा दलित परिवारले छोरा लाई डाक्टर पढाउदै गरेको खबर सुन्दा अपत्यारिलो लाग्न सक्छ तर यसलाई सम्भव बनाएका छन पुनर्वासका बिपन्न दलित दामपत्यले ।
कञ्चनपुर को दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका अन्तर्गत अाईबिअारडी बजारमा जुत्ता सिलाउने पेशा गर्दै अाएकि खिमुदेवी सार्किले छोरा गणेश सार्किलाई संघिय राजधानी काठमाण्डौ स्थित क्रिष्ट मेडिकल कलेजमा एम वी वी एस पढाउदै अाएकि छिन ।
अाधा पेट खाएर भएपनि रातदिन मेहनत गरेर जेठो सन्तान गणेश लाई डाक्टर बनाउने बुवा सियाराम सार्की तथा अामा खिमुदेवी सार्किको सपना पूरा हुने भएको छ ।
गरिब तथा दलित परिवार मा जन्मेर पनि पुनर्वास का गणेश बयलकोटि सार्की ले बाबुअमाको सपना पूरा गर्दै छन ।
कञ्चनपुर पुनर्वास नगरपालिका ३ अाई वी अार डी कालिका बजार को सहिद गेट नजिकै विगत १८ बर्षदेखी जुत्ता सिलाउने काममा रहेका सियाराम सार्की बयलकोटी र श्रीमती खिमुदेवी सार्की दुई दम्पतीले छोरालाई डाक्टर बनाउने सपना पूरा गर्दैछन ।
बाबु अामाको सपना पूरा गर्न छोरा गणेश बयलकोटी सार्की ले पनि अाफ्ना गरिब बाबु अामालाई कहिल्यै निराश गरेनन । अाधारभुत एस एल सी सम्म उत्कृष्ट नतिजा ल्याई पुनर्वास नगरपालिका ३ अाईवीअारडी स्थित श्री जनकल्याण मावि बाट पूरा गरेका गणेश बयलकोटी सार्किले कैलालीको नाष्ट कलेज बाट अाई एस सी उत्कृष्ट अंक ल्याएर पूरा गरे । अध्ययनमा निकै लगनशील अनुसासित गणेश ले क्रिष्ट मेडिकल द्वारा अाव्हान गरेको छात्रवृत्ति कोटाका लागि नाम निकाल्न सफल भई हाल क्रिष्ट मेडिकल कलेज काठमाण्डौमा एम वी वी एस तेस्रो बर्षमा अध्ययनरत छन ।
अाधारभुत तह देखि नै निकै मेहनती , जेहेन्दार , अनुसासित बिध्यार्थि रहेको विद्यालय का प्रधानअध्यापक रामनारायण कंडेल बताउनुहुन्छ । हाल संघीय राजधानी काठमाण्डौं को क्रिष्ट मेडिकल कलेजमा अन्तिम बर्ष अध्ययनरत गणेश ले गरिब तथा दलित परिवार मा जन्मेर पनि शैक्षिक क्षेत्रमा गरेको उल्लेखनीय उन्नति र प्रगति अाफुहरू निकै गौरवान्वित महसुस भएको प्र अ कंडेल बताउनुहुन्छ ।
प्रारम्भिक शिक्षा जनकल्याण माविमा अध्ययन गर्दै गर्दा उनको शैक्षिक गुणस्तरीय तथा गरिबिका कारण विध्यालयबाट नि:शुल्क पढ्ने वातावरण गरिएको थियो प्रअ कंडेलले बताउनुभयो ।
जिर्ण अवस्थामा रहेको माटोको टायलले छाएको दुई कोठे भित्ता चर्किएको घर , अाएश्रोत को रूपमा एकमात्र जुत्ता सिलाउने पेशा मा निर्भर खिमुदेवी सार्की परिवार प्रति सकारात्मक टिप्पणी गर्दै यति ठुलो जिम्मेवारी पूरा गर्ने हिम्मत देखाउनु अाफैमा चुनौतीपूर्ण कार्य रहेको जीवन ज्योति माविका सहायक प्र अ तथा खिमुदेवी का छिमेकि सेते बिस्वकर्मा बताउनुहुन्छ ।
२ छोरा १ छोरी का का पिता सियाराम अाफ्ना छोराछोरीलाई राम्रो शिक्षा दीक्षा दिने उदेश्य ले वैदेशिक रोजगारीका लागि विदेश गए करिब साडे तीन बर्ष मलेसियामा बसेका सियाराम लाई अचानक प्रेसर ले अाक्रमण गरेपछि जेनतेन घर फर्किय , विदेश जांदा को ऋण त तिर्न सके तर अार्थिक विपन्नताबाट मुक्त हुने र छोराछोरीलाई राम्रो शिक्षा प्रदान गर्ने परिवारलाई सुखि शान्ति मा राख्ने सपना अधुरै रह्यो ।
यता सियाराम कि जिवनसंगिनी खिमुदेवीलाई चौतर्फी बज्रपात बर्सियो , कमाउन गएका श्रीमान विरामि भई फर्किए , उनलाई उपचार पनि गराउनुपर्ने , विरामिको सेवा पनि गर्नुपर्ने , अामदानी को रूपमा रहेको एकमात्र व्यवसाय जुत्ता पसल पनि चलाउनुपर्ने , छोरालाई उच्च शिक्षा हासिल गर्ने सपना पनि पूरा गर्नुपर्ने । यति धेरै चुनौती हुँदा पनि उनले हिम्मत हारिनन , उनको जुत्ता सिलाउने पेशामा घरमा रहेका दुई छोराछोरीले पनि साथ दिए ।
जुत्ता सिलाउने पेशालाई नै मुख्य अाधार मानि एकसरो लुगा र अाधा पेट खाएर खिमुदेवी एक्लै संघर्ष गर्दै छिन । श्रीमान्लाई लाग्ने मासिक ३ हजार रूपैया उपचार खर्च छोराको पढाइ खर्च घरखर्च पूरा गर्नु छ उनले भनिन ।
जुत्ता सिलाई पेशामा दैनिक ४०० देखि ७०० सम्म कमाई हुनेगरेको उनले बताईन ।
काठमाडौंमा एम बी बी एस पढ्दै गरेको छोरा गणेश लाई कलेजको मासिक शुल्क १० हजार र खाने बस्ने खर्च १० हजार गरि २० हजार महिना , श्रीमानको उपचार खर्च महिनाको ३००० घरखर्च अनि दुई छोराछोरी को पढाइ खर्च , सबै जुत्ता सिलाई पेशामै निर्भर रहेको खिमु देवी बताउछिन ।
एम बी बी एस पढाउन तथा श्रीमानको उपचार का लागि पुर्ख्यौलि सम्पत्ति १० कठ्ठा जग्गा बिक्री गर्नुपरेको खिमुदेवी ले बताईन ।
अहिले खिमुदेवीलाई चौतर्फी अार्थिक भार खेप्नुपरेको छ । छोरा को शैक्षिक शुल्क कोठा भाडा खानेखर्च सबै गरि हालसम्म पाँच लाख जति ऋण लागेको उनले बताईन ।
श्रीमान्को उपचार र छोराछोरीलाई पढाउदा चार पाँच बर्षदेखी राम्रो लुगाफाटो र चाडपर्व समेत मनाउन नसकिएको उनले दुख पोखिन ।
घरमा रहेका दुई सन्तान कान्छो छोरा ट्रिपल बयलकोटी सार्की ११ मा र छोरी प्रतीक्षा बयलकोटी सार्की कक्षा १० मा जनकल्याण माविमा अध्ययनरत छन । जेठो छोरालाई एम वी वी एस पूरा गरिसकेपछि अन्य दुई छोराछोरीलाई पनि उच्च शिक्षा पढाउने धोको रहेको खिमुदेवी बताउछिन ।
हालसम्म कुनै सरकार बाट कुनै प्रकारको सहयोग नपाएको गणेश सार्की का बुवा अामाले बताएका छन सहयोग कुन शिर्षकमा कसरी पाईने हो सो बारेमा अाफुलाई केही थाहा नभएको खिमुदेवी सार्की बताउछिन् ।
सरकार बाट प्रदान गरिने दलित तथा जेहेन्दार शैक्षिक छात्रवृत्ति सेवा सुविधा कतिपय हुनेखाने टाठाबाठा परिवारले प्राप्त गर्दै अाएका छन तर गरिब तथा दलित परिवारबाट उच्च शिक्षा अध्ययन गर्ने सपना लिएका गणेश सार्की जस्ता होनहार बिध्यार्थि प्रति कुनै निकायको ध्यान जान सकेको छैन ।