April 27, 24
19.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

प्याराताल सरसफाइमा एसएसबीद्वारा रोक

मा प्रकाशित

कञ्चनपुर
कञ्चनपुरको पुनर्वास स्थित प्यारातालमा ‌उम्रेका झार हटाएर गरिँदै गरेको सरसफाइको काममा भारतीय सीमा सुरक्षा बल एसएसबीले रोक लगाएको छ ।

सीमा स्तम्भ नम्बर १९५ देखि झण्डै ३ सय मिटर नेपाल तर्फ रहेको सदाबहार जलाशय प्यारातालमा फैलिएको जलकुम्भी नामको झार सफाइ गर्ने कार्यमा बिहिवार एसएसबीले रोक लगाएको पुनर्वास नगरपालिका ९ का वडा अध्यक्ष नारायण प्रसाद जैशीले बताए ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत प्यारातालको जलकुम्भी झिकेर सरसफाइ गरिदै गर्दा एसएसबीले अवरोध गरेको वडाअध्यक्ष जैशीले बताए । अनावश्यक रुपमा उम्रेकाे जलकुम्भीका कारण कुरुप र पानीको सतह पुरिन सक्ने भएकाले जलाशयको संरक्षणका लागि सरसफाइको काम थालिएको थियो । तालमा पुर्ण रुपले नेपालको अधिकार भएको नेपाल -भारत सीमा स्तम्भ नम्बर १९५ ले पुष्टि गरिरहे पनि भारतले बारम्बार हस्तक्षेप गरिनु बल मिच्याइ भएको वडा अध्यक्ष जैशीले बताए ।

ताल भन्दा पारी अबस्थित १९५ नम्बरको सीमा स्तम्भका आधारमा प्याराताल नेपालको भएको भए पनि भारतले पटकपटक हस्तक्षेप गर्दै आएको स्थानीय बताउछन् । स्थानीय शिक्षक भविश्वर अर्याल भन्छन् प्याराताल दस्तावेजका आधारमा नेपालकै हो तर पनि भारतले पटकपटक हस्तक्षेप गर्दै आएको छ । उनी भन्छन् पटकपटक भारतीय पक्षबाट हुँदै आएको यो हस्तक्षेप रोकेर सीमाको विवाद सल्टाउन सरकारले पहल गर्नु पर्दछ ।

यस अघि २०६० सालमा समेत भारतले सीमा स्तम्भ नम्बर १९५ लाई बेवास्ता गर्दै प्याराताल सहित झन्डै ५०० बिगाहा बढी नेपाली भुभाग आफ्नो तर्फ पार्न रातारात पिल्लर गाढ्ने काम गरेको थियो । स्थानीय जनताले अतिक्रमणको बिरोध गरि विवाद मत्थर भएको थियो ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु