September 16, 24
20.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बेलौरीमा सहिद तथा वेपत्ता परिवारलाई ग्याँस चुलो वितरण

मा प्रकाशित

बेलाैरी, चैत १० । कञ्चनपुरको बेलौरी नगरपालिकाले सहिद तथा वेपत्ता पारिएका परिवारलाई ग्याँस चुलो वितरण गरेको छ । बिहिवार बेलाैरी न.पा. ९ कुण्डामा कार्यक्रमकाे आयाेजना गरी ६१ परिवारलाई ग्याँस सिलिण्डर र चुलाे बितरण गरिएकाे हाे ।

जनयुद्धका बेला सहिद भएका तथा वेपत्ता पारिएका आश्रित परिवारलाई नगरपालिकाले ग्याास चुलो वितरण गरेको नगरपालिकाले जनाएकाे छ । शान्ति तथा पुर्ननिर्माण मन्त्रालय र स्थानीय शान्ति समिति कञ्चनपुरको तथ्याङ्क अनुसार बेलौरी नगरपालिकामा सहिद बेपत्ता परिवारलाई ग्याँस चुलो वितरण गरीएकाे बेलाैरी नगरपालिकाका कर्मचारी कृष्ण गम्वाले बताए ।

ग्याँस वितरण गर्दै बेलौरी नगरका मेयर पोतिलाल चौधरीले नगरपालिकाका तर्फबाट सहिद वेपत्ताका आश्रित परिवारलाई दैनिक आधारभूत खानेकुरा पकाउन सहजताका लागि ग्याँस चुलो वितरण गरेको बताए । ‘शान्ति तथा पुर्ननिर्मांण मन्त्रालय र शान्ति समिति कञ्चनपुरबाट छुटफुटलाई समेत वितरण गछौँ, ‘उनले भने, ‘स्थानीय सरकारले सक्दो विपन्न संकटमा परेकालाई सहयोग गर्छ ।’

ईन्धनको मुल्य बृद्धि भईरहेका बेला नगरपालिकाबाट निःशुल्क ग्याँस चुलो वितरण गरेसंगै सहिद तथा वेपत्ता परिवार हर्षित भएका छन । स्थानीय सरकारले आफुहरुलाई हेरेको भन्दै नगरपालिकाप्रति आभार प्रकट गरेका छन ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु