April 24, 24
17.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

बेलाैरीमा राप्रपाकाे आमसभा सम्पन्न

मा प्रकाशित

कञ्चनपुर,१३ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी आइतबार कंचनपुरको  बेलौरीमा आमसभा सम्पन्न गरेको छ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्रीय कार्य समिति कञ्चनपुरको आयोजनामा बेलौरीको खुल्ला मञ्चमा कार्यक्रम गरिएकाे हो ।  सभामा राष्ट्रिय प्रजातन्त्र पाटी कञ्चनपुरका अध्यक्ष गजेन्द्र बहादुर चन्द, प्रदेश अध्यक्ष धर्मराज जोशी, सह प्रवक्ता पुर्ण बहादुर चन्द, केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र बहादुर शाही सहितका नेताले हिन्दुधर्म, राजतन्त्र, स्वाभिमानका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मतदान गर्न आब्हान गर्नुभएको छ ।राष्ट्रिय प्रजातन्त्र पाटी कञ्चनपुरका अध्यक्ष गजेन्द्र बहादुर चन्दले राप्रपामा जनलहर बढेसंगै बेलौरीमा समेत विशाल आमसभा गरिएको बताउनु भयो । अध्यक्ष चन्दले राप्रपामा पछिल्ला दिनहरुमा जनलहर बढेसंगै ठाँउ ठाँउमा आमसभा गरिरहेको बताउनुभयो । जनताको माग अनुरुप राष्ट्रिय प्रजातन्त्र पाटीका नीति, कार्यक्रम बारे जानकारी गराउन र आगामी चुनावमा राप्रपालाई जनमत दिनका लागि आब्हान गरिएको बताउनुभएको छ  ।  कार्यक्रममा विभिन्न पाटी परित्याग गरेर दर्जनौँ युवा राष्ट्रिय प्रजातन्त्र पाटीमा प्रवेस गरेका छन ।

 

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु