सुखड : कैलालीको घोडाघोडी नगरपालिकामा २३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
फिर्ता लिनेमा स्वतन्त्रबाट वडा न १ का अध्यक्षमा उम्मेदवारी दिएका मनराज शाही,२ को अध्यक्षमा डिल्ली बहादुर विष्ट,भरत विष्ट,४ को अध्यक्षमा राम दुलार चौधरी,नारद न्यौपाने,५ को अध्यक्षमा राजाराम चौधरी,७ को अध्यक्षमा राम बहादुर चौधरी,उन्नत लोकतान्त्रिक बाट २ को अध्यक्षमा कमल प्रसाद अधिकारी,५ को अध्यक्षमा समाजवादीका अशोक कुमार भण्डारीले उम्मेदवारी फिर्ता लिएका छन् ।
त्यसैसरि वडा सदस्यहरूमा स्वतन्त्रबाट उम्मेदवारी दिएका १ का चन्द्र थापा,थम्मन बोहरा,राजु अवस्थि ,वडा न १ मा समाजवादीबाट उम्मेदवारी दिएका खडक बोगटी,वडा न ५ मा समाजवादीका रन बहादुर ढुंगााल,६ मा स्वतन्त्रबाट गणेश बहादुर बोहरा,७मा तुल्सिराम डगौराले फिर्ता लिएका छन् ।
त्यसैसरि महिला वडा सदस्यहरूमा स्वतन्त्रबाट वडा न १ मा उम्मेदवारी दिएकी मैना देवी ढकाल, पुष्पा नेपाली,समाजवादीकी रेवती बम, सपुरा दमाईं,वडा न ३ मा स्वतन्त्रबाट सिता थारु,,सुनिता चौधरीले उम्मेदवारी फिर्ता लिएका छन् । यसै गरी उप प्रमुखमा नेपाली काँग्रेसबाट उम्मेदवार दिएकी रिता कुमारी चौधरीको उम्मेदवारी रद्द गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
२ जनाको उम्मेदवारी दर्ता भएकाले रद्द भएको हो । त्यसैसरि माओवादीबाट वडा न १ मा सदस्य पदमा उम्मेदवारी दिएका पञ्चराम डगौराको उम्मेदवारी रद्द गरिएको छ । समानुपातिक उम्मेदवार तर्फ बन्द सूचिमा नाम रहेका कारण रद्द गरिएको हो । वडा न ३ मा माओवादीबाट वडा सदस्यमा उम्मेदवारी दिएकी अरुना डगौराको पनि उम्मेदवारी रद्द गरिएको छ । महिला सदस्य पदमा २ जनाको उम्मेदवारी दर्ता भएका कारण रद्द गरिएको हो ।
त्यसैसरि वडा न ९ मा काँग्रेसबाट वडाध्यक्षमा उम्मेदवारी दिएका हर्क बहादुर बुढाको उम्मेदवारी रद्द गरिएको छ । कांग्रेस बाट २ जनाको उम्मेदवारी परेपछि रद्द गरिएको हो ।माओवादीबाट वडा न ९ मा सदस्यमा उम्मेदवारी दिएका धने रावतको पनि उम्मेदवारी रद्द गरिएको छ । माओवादीबाट ३ जनाको उम्मेदवारी परेपछि रद्द गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।