September 12, 24
23.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

नेकपा एमाले निकट भातृ सङ्गठन मुक्ति समाजद्वारा पार्टी भित्र विद्रोहको घोषणा

मा प्रकाशित

धनबहादुर बिक, पुनर्वास : नेकपा एमाले निकट भातृ सङ्गठन उत्पीडित मुक्ति समाज पुनर्वास नगर देखि जिल्ला कमिटी का पदाधिकारीद्वारा अन्तर पार्टी विद्रोहको घोषणा गरेका छन्।

आसन्न स्थानीय तहको निर्वाचन मा पार्टीका जिम्मेवार नेता हरूले ले पार्टीको समावेशी नीति विपरीत सिङ्गो दलित समुदाय लाई उपेक्षा गरेको ठहर गर्दै पार्टी निकट भातृ सङ्गठन नेपाल उत्पीडित जातीय मुक्ति समाज पुनर्वास कमिटीले पार्टी भित्र विद्रोह गर्ने जनाएको छ ।

बिहीबार पुनर्वास मा बसेको भेलाले पत्रकार सम्मेलन गरी सो कुरा जानकारी गराएको हो । यसैबिच पुनर्वास का थप दुई जना दलित नेताहरूले बिहीबार राजीनामा पत्र मा हस्ताक्षर गरी पार्टी लाई बुझाएका छन् । नेकपा एमाले कञ्चनपुर जिल्ला सल्लाहकार परिषद् सदस्य जँग बहादुर सुनार र नेकपा एमाले पुनर्वास नगर कमिटी सदस्य दानबहादुर सुनारले संयुक्त रूपमा राजीनामा पत्र मा हस्ताक्षर गरी पार्टी लाई बुझाएका छन् ।

हस्ताक्षर गरिएको राजीनामा पत्र नेकपा एमाले कञ्चनपुर इन्चार्ज तथा केन्द्रीय पोलिटव्युरो सदस्य निरूदेवी पाल , सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारी तथा सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज लेखराज भट्टलाई बुझाएका छन् । आसन्न स्थानीय तहको निर्वाचन  सन्दर्भलाई जोड्दै नेकपा एमाले स्थानीय तह को मेयर , उप मेयर तथा अध्यक्ष मा जिल्ला कमिटीले सिफारिस गरेको नाम भन्दा फरक व्यक्तिलाई टिकट दिएको बिषयमा विरोध जनाउन खोज्दा पुनर्वास पार्टी इन्चार्ज भारमल सुनारलाई मेयरका उम्मेदवार पदम पुजारा लगायत एक दर्जन कार्यकर्ताले जातीय विभेद पूर्ण शब्द प्रयोग गरी गालिगलौच साथै हातपात गरेको निन्दनीय व्यवहार प्रति पार्टीले कुनै कारबाही नगरी उल्टो दलित समुदाय लाई गलत देखाई दलित समुदाय लाई कमजोर पार्ने व्यवहार देखिन आएको ले यस्तो पार्टी मा रहिरहन कुनै औचित्य नभएको भनी राजीनामा दिनुपरेको दलित कार्यकर्ता हरूले बताएका छन् ।

यस अघि सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बिरबल विश्वकर्माले पनि पार्टी भित्र देखिँदै आएको चरम गुटबन्दी चाकडीवाद र हैकमवादी व्यवहार बाट आजित भई वैशाख १३ गते राजीनामा दिएका थिए । करिब ४० प्रतिशत दलितको बाहुल्यता रहेको पुनर्वास मा मेयर उपमेयर तथा वडा अध्यक्ष को उम्मेदवारी समेत नदिनु र पार्टी कमिटीले दिएको टिकट समेत गुन्डागर्दी शैलीमा खोसिनु अत्यन्तै निन्दनीय भएको नेता बिरबल विश्वकर्माले बताए ।

नेकपा एमाले भित्र मात्रै नभई अन्य पार्टी मा समेत दलित प्रतिनिधि लाई अपमानजनक व्यवहार गरिँदै आएकोले निर्वाचन मा रहेका उम्मेदवार लाई कुनै सहयोग नगरी सम्पूर्ण दलित समुदाय लाई गोलबद्ध गर्दै लैजाने नेपाल दलित मुक्ति अभियान सुदूरपश्चिम प्रदेश उपाध्यक्ष दानबहादुर सुनारले बताए । दलित हक अधिकार का लागि एकजुट भई अघि बढ्छौ सुनारले बताए ।

No description available.

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु