April 27, 24
23.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

अनेसासको अध्यक्षमा पूजा र वरिष्ठ उपाध्यक्षमा वाग्ले विजयी

मा प्रकाशित

धनगढी  । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को केन्द्रीय समितिको अध्यक्षमा साहित्यकार गोवर्द्धन पूजा विजयी भएका छन् । असार २५ गते भएको निर्वाचनबाट पूजा ८०३ मतका साथ विजयी भएका हुन् ।

विगत १२ वर्षदेखि अमेरिकाको बोस्टनलाई आफ्नो कर्मथलो बनाएर पूजाले यसअघि दुई कार्यकाल महासचिवको सफल कार्यकाल पूरा गरिसकेका थिए ।

विशेषतः कविताका क्षेत्रमा चर्चित पूजाका पीडा अवतार, अनामनगरकी अम्बिका, प्रेम अवतार, वाचाल ओठहरूलगायतका कविता कृतिसहित एक दर्जन साहित्यिक कृति प्रकाशित छन् ।

यस्तै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का निवर्तमान महासचिव सर्वज्ञ वाग्लेले वरिष्ठ उपाध्यक्षकामा विजयी भएका छन् ।

एनआरएनए अमेरिकाको मिडिया कोअर्डिनेटर, एनआरएनए आईसीसीको भाषा साहित्यमा चार वर्षको कार्यकाल, एनआरएनए अमेरिकाको उपाध्यक्ष, एनआरएनए अमेरिकाको भाषा साहित्यको संरक्षक तथा हाल अनेसासको महासचिवलगायत सङ्गठनमा रहेर लामो सङ्गठनात्मक अनुभव बटुलिसकेका वाग्लेले ५४० मतका साथ विजयी भएका हुन् ।

यस्तै समाजको क्षेत्रीय उपाध्यक्षमा डा. रेणु सोलु, महासचिवमा विमला निरौला विजयी भएका छन् । यस अघि बाँकी पदमा भने निर्विरोध पदाधिकारी चयन भइसकेका छन् ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु