April 24, 24
28.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

दार्चुलामा बाढी बाट ज्यान गुमाएका परिवारलाई एक लाख राहत दिईने

मा प्रकाशित

जमुना न्युरे ।
धनगढी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दार्चुलामा बाढी पहिरोको कारण मृत्यु भएको परिवारलाइ एक लाखका दरले राहत रकम पठाएको छ ।                                 प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले बाढी र पहिरोबाट ज्यान गुमाएका परिवारलाई एक लाख र घर क्षति भएका परिवारलाई ५० हजार राहत उपलब्ध गराउने निर्णय अनुसार सो रकम पढाएको मन्त्रालयले जनाएको छ ।
यस्तै मृतकका परिवारलाई क्रिया खर्च बापत थप २० हजार रकम पढाएको सुदूरपश्चिम प्रदेस सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डाक्टर रणबहादुर रावलले जानकारी दिएका छन् । बाढीका कारण पुर्णरुपमा क्षती भएका ४२ ओटा घरपरिवारलाई ५० हजारका दरले राहत रकम दार्चुला पढाएको मान्त्री रावलले बताए । मन्त्रालयले सो रकम जिल्ला प्रशासन कार्यलय दार्चुलालाई पढाएको हो ।
यस्तै प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले बाढीका कारण दार्चुलाको नौगाड क्षेत्रको जनजीवन विच्छेद भएको स्थानमा वैकल्पिक व्यवस्था सहित राहत र खाद्यान्न ढुवानी गर्ने समेत निर्णय गरेको छ । बाढीका कारण सो क्षेत्रका सडक र झोलुङुगे पुल बगेपछि सो स्थानमा वैकल्पिक व्यवस्था गरेर भएपनि प्रदेश सरकारले खाद्यान्न ढुवानी गर्ने बताएको छ ।
बाढीका कारण सडक बिच्छेद भएको स्थानमा सडक सञ्चालन गर्नका लागि नेपाली सेनाले काम गरिरहेको छ भने तीन वटै सुरक्षा निकायहरु विपदपछि सो क्षेत्रमा गर्नुपर्ने काममा खटिएको मन्त्री रावलको भनाई छ ।

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु