April 26, 24
29.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि कञ्चनपुरका ५२ विद्यालय छनोट

मा प्रकाशित

कञ्चनपुर, ३१ भदौ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि कञ्चनपुरका ५२ विद्यालय छनोटमा परेका छन् । बुधबार बसेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय बैठकले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालय छनोट गरेको थियो ।

छनोटमा परेका विद्यालयहरूमा भवन र कम्प्युटर ल्याब स्थापना गरिनेछन् । ५२ वटा विद्यालयहरू मध्ये २० वटा विद्यालयमा कम्प्युटर ल्याब र अरू विद्यालयहरूमा भवन निर्माण गरिने मन्त्रालयको वेभसाईटमा उल्लेख छ । जिल्लामा छनोट हुने विद्यालयहरूमा सबैभन्दा बढी भिमदत्त नगरपालिकाका रहेका छन् ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि दश वटा विद्यालय छनौट भएका छन् । यस्तै शुक्लाफाँटा,पुनर्वास,कृष्णपुर,दोधारा नगरपालिकामा ६/६ वटा विद्यालय परेका छन् भने वेदकोट नगरपालिका र बेलडाँडी गाउँपालिकामा ५/५ वटा विद्यालय छनोट भएका छन् । यस्तै लालझाँडी गाउँपालिका र बेलौरी नगरपालिकामा ४/४ वटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौट भएका छन् ।

 

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु