April 24, 24
19.1 C
Kathmandu

ट्रेन्डिङ्ग विषयहरु

नागरिक अगुवाहरुको आवाज कुन शक्ति र श्रोतले दबायो?

मा प्रकाशित

कृष्ण बहादुर बोहरा🖋️
‘कैखि लाएई पिरतीमा कैखि भई रहर । खान जान्या पिरती हुनछ, नत्र हो जहर ।।’ भनेझैं हतारमा शिलान्यास र उद्घाटन गरी शिलालेख र ताम्रापत्रमा आफ्नो नाम लेखाउन होडबाजी गर्नुभन्दा धरातलीय यथार्थ र जनचाहना बमोजिम दूरदृष्टि एवं परिणाममुखि तवरले काम गर्नु आजको आवश्यकता होइन?

नेपालको संविधानले स्वास्थ्यलाई जनताको मौलिकहकको रूपमा स्थापित गरिसकेको सन्दर्भमा सङ्क्रामक रोगहरू नियन्त्रणमा प्राप्त उपलब्धिहरूलाई कायम राख्नु, नवजात शिशु तथा मातृ मृत्युदरलाई वाञ्छित तहसम्म घटाउनु, बढ्दै गएको नसर्ने रोगको प्रकोप नियन्त्रण गर्नु र कुनै पनि बेला हुनसक्ने स्वास्थ्य सम्बन्धिविपद् व्यवस्थापन तत्काल गर्नु, जेष्ठ नागरिक, शारीरिक र मानसिक अपाङ्गता भएका, एकल महिला, खास गरी गरिब, सीमान्तकृत र जोखिममा रहेका समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु राज्यको दायित्व हो ।

प्राथमिक स्वास्थ्य सेवा उपलव्ध गराउने स्वास्थ्य संस्थाहरूको सञ्जाल सम्पूर्ण नागरिकहरूसम्म पुगेको छ । शहर केन्द्रित र उपचारात्मक सेवामामात्र संलग्न देखिएपनि स्वास्थ्यमा निजी क्षेत्रको सहभागिता बढेको छ । प्रायः सबै स्तरको स्वास्थ्य सेवाका लागि आवश्यक मानव संसाधनको उत्पादन मुलुकभित्रै हुन थालेको छ । उच्च र मध्यमस्तरको आवश्यक जनशक्ति उत्पादन गर्न राष्ट्र सक्षम हुदै गएको अवस्था छ । हालकरिब चार दर्जन औषधीउत्पादन गर्ने कम्पनीहरूले मुलुकलाई आवश्यक पर्ने औषधीको ४० प्रतिशत माग आपूर्ति गर्नसक्ने क्षमता विकास गरेका छन् । यसैगरी, सर्वसुलभ रूपमा सेवाहरू उपलब्ध नभएपनि सरकारी र गैर सरकारी क्षेत्रमा गरी आँखा, क्यान्सर, मुटु, मिर्गाैला, स्नायु, हाडजोर्नी र प्लास्टिक सर्जरी सम्बन्धी विशिष्ट उपचार गर्ने केही संस्थाहरू स्थापितभएका छन् । रोगनिदान केन्द्र तथा प्रयोगशाला सुदृढ तथा बिस्तार भएका छन् । सन् २०१७ को प्रतिवेदनअनुसार नेपालमा मृत्युको प्रमुख कारण ६६ प्रतिशत नसर्ने रोगहरु, २५ प्रतिसतसरुवा रोगहरु तथा मातृ नवजात शिशु, कुपोषण र ९ प्रतिसत सडक दुर्घटनालाई नेपालको रोगब्याधीको भारले संकेत गर्दछ ।

सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लाहरुमध्ये तराई भेगका कैलाली र कन्चनपुरमा जनघनत्व बढेँंगै स्वास्थ्य सेवाको पनि माग बढ्दै गएको छ । नेपालको संविधान २०७२ अनुसार देशलाई संघियतातर्फको अभ्यासको अवधारणा अनुसार ७औंं नम्बरको यस प्रदेशमा जनघनत्व अनुसाार कैलालीको सदरमुकाम धनगढीमा अवस्थित सेती प्रादेशिक अस्पतालले सुदूरपश्चिम प्रदेशकको जनसंख्याको करिब ५० प्रतिशतभन्दा बढी उपचार सेवाको जिम्मा लिएको देखिन्छ । जसमा सामाजिक सुरक्षा लगायत स्वास्थ्य बिमाका बिरामीहरुको ठूलो भिडले स्थान ओगटेको छ । बिगतमा सुदूरपश्चिमका जटील प्रकृतीका बिरामीहरुले भारतको लखनउ, बरेली, हल्दवानीको चर्को शुल्क भारु तिर्न बाध्य हुनु पथ्र्यो । सामान्य समस्याका लागि पनि ४ घण्टा लामो यात्रा तय गरी कोहलपुर मेडिकलसम्म उपचारका लागि जोहो गर्नु पर्दथ्यो । सुदूरपश्चिमको एक मात्र रेफरल सेन्टरका रुपमा परिचित सेतीप्रादेशिक अस्पतालले पनि बढ्दो जनघनत्वसँगै बिरामीको चापलाई धान्न पनि मुस्किल परिरहेको छ । साथै बिशेषज्ञ डाक्टर र बिरामीको अनुपात हेर्दा र अनुभूती गरे अनुसार भन्नु पर्दा तथा बिरामीको उपचारको अनुपात परिदृष्य हेर्दा बास्तविक बिरामीले वास्तविक डाक्टरको उपचारको अनुभूति गरेको पाईंदैन ।

एउटा डोटेली उखान छ, ‘तम काँ जाने हौ बम्बै, हामी पनि जाउँ सँगै’ भनै झैं निजी अस्पताल खोल्ने अस्वस्थकर होडबाजीले स्वस्थकर स्वास्थ्य सेवामा आघात पुग्ने अनुमान गर्न सकिन्छ । धनगढी र अत्तरीया क्षेत्रमा उदाएका निजी अस्पतालहरुले पनि आआफ्नो अस्तित्व र साख जोगाउनका लागि भएपनि बहुबिशेषज्ञ सेवा तथा बहुप्रबिधी सेवातर्फ उन्मुख भईरहेका छन् । तर गरीबीको हैसियतले निजी अस्पतालको सेवा लिन यहाँका जनताहरुलाई धौ धौ भइरहेका बेला सम्भावित तथा प्रस्तावित गेटा मेडिकल कलेज या प्रतिष्ठानको नाममा धनगढी र अत्तरीयाको बिचमा आसलाग्दो तवरले आलिशान भवनहरुले जिस्क्याई रहेका छन् । ती आलिशान भवनहरुले आफ्नो बेग्लै पहिचान खोजिरहेका छन् । तर यस प्रदेशको प्रतिनिधित्व गर्ने निती निर्माता एवं राजनेताहरुले स्वार्थको जुहारीतिर आफुलाई उभ्याई रहेका छन् ।

एउटा डेउडाको थेगो छ, ‘कैखि लाएई पिरतीमा कैखि भई रहर । खान जान्या पिरती हुनछ, नत्र हो जहर ।।’ भनेझैं हतारमा शिलान्यास र उद्घाटन गरी शिलालेख र ताम्रापत्रमा आफ्नो नाम लेखाउन होडबाजी गर्नुभन्दा धरातलीय यथार्थ र जनचाहना बमोजिम दूरदृष्टि एवं परिणाममुखि तवरले काम गर्नु आजको आवश्यकता होइन र ?

कार्यउन्मुख भन्दा भाषण उन्मुख राजनैतिक दलका नेता एवं नेतृत्वलाई दर्जनौ पटक स्मरण गराउन सात वटै प्रदेशमा कम्तिमा एउटा सुविधा सम्पन्न मेडिकल कलेज स्थापना हुनुपर्ने लगायत चिकित्सा स्वास्थ्यको क्षेत्रमा जनमुखी सुधारका लागि आफ्नो जिवन समर्पित गर्ने तथा निःस्वार्थ भावनाका साथ आमरण अनसनको अस्त्र मार्फत गुणस्तरीय स्वास्थ्यको क्षेत्रलाई सहि मार्गदर्शन गर्नु हुने डाक्टर गोबिन्द केसीले यही भाद्र २७ गतेदेखि धनगढीको मुख्यबजारको कृष्ण मन्दिरको धर्मशालामा २० औं पटकको सत्याग्रह शुरु गरे । तर जीवनको उत्तरार्धले गलेको शरीरलाई आमरण अनसनको २ दिनमै सेतीप्रादेशिक अस्पताल भर्ना गर्नुपर्ने अवस्था आयो । चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था सन्तोषजनक छैन । उहाँले औषधी लिन नमानेका कारण स्वास्थ्य अवस्था झन् बिग्रदै गएको छ । डाक्टर केसीको आवाजलाई बुलन्द गर्ने र विगतमा डाक्टर केसीको पक्षमा सतिसालझैं उभिएका नागरिक अगुवाहरुको आवाज कुन शक्ति र श्रोतले दबायो?

भनिन्छ, अक्षरहरु मिलेर शब्द बन्दछ, शब्दहरु मिलेर अर्थपूर्ण वाक्य बन्दछ र वाक्यहरुको समुह वा एक हरफले अर्थपूर्ण सन्देश दिन्छ । शब्द, वाक्य र सन्देशले स्थान नपाएपछि अथवा मागको सुनुवाई नभएपछि त्यहाँ द्धन्दले स्थान पाउँछ, जुन हिंसात्मकवा अहिंसात्मक दुवै हुन सक्दछ । यसरी सुसूचित तवरलेपटक पटक खबरदारी गर्दै चिकित्सा स्वास्थ्यको क्षेत्रमा जनमुखी सुधारका लागि उहाँको यो सुसूचित सत्याग्रहले उठाएका जायज मागहरु राज्यले यथाशिघ्र वार्ताको माध्यमबाटै समयमै सम्बोधन गरी फेरी फेरी आमरण अनसन बस्नु पर्ने अबस्था नआओस ।

कृष्ण  बहादुर बोहरा (पि एच .डि ) उप प्राध्यापक हुन  सुदूरपश्चिमाञ्चल  एकेडेमी   धनगढी

- विज्ञापन -
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img
-- विज्ञापन --spot_img

सामाजिक संजालमा

0FansLike
0FollowersFollow
0FollowersFollow
0SubscribersSubscribe
-- विज्ञापन --spot_img

भर्खरै प्रकाशित समाचारहरु

सम्बन्धित समाचारहरु